सलमानले जिते इन्डियन आइडलको उपाधि 

अनलाइन तहल्का

काठमान्डाैं ,पुस ९


भारतीय टेलिभिजनको रियालिटी शो इन्डियन आइडलको दशौँ संस्करणको विजेता सलमान अलीले जितेका छन्। आइतबार भएको फाइनलमा अलीले चार प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधि हात पारेका हुन्। फर्स्ट रनरअप अंकुश भारद्वाज बने। उपाधि जितेका सलमान अलीले २५ लाख भारतीय रुपैयाँ र कार उपहारमा पाए। दोस्रो भएका अंकुशले पाँच लाख रुपैयाँसहित अन्य उपहार प्राप्त गरे।

आइडलको सेकेण्ड रनरअप भने निलाञ्जना रे भइन्। यस्तै नितीनकुमार र विभोर प्रासर चौथो र पाँचौँ स्थानमा पुगे। निलाञ्जना पाँच लाख रुपैयाँ प्राप्त गरिन् भने नितिन र विभोरले तीन–तीन लाख रुपैयाँका साथ अन्य उपहार पाए।  फाइनलमा बलिउडका चर्चित अभिनेता  शाहरुख खान, कैटरिना कैफ र अनुष्का शर्मा पुगेका थिए। 

प्रतिकृया दिनुहोस

नयाँ वर्ष मनाउन गएकाहरूको डुङ्गा दुर्घटनाः दुईको मृत्यु, तीस बेपत्ता

अनलाइन तहल्का गिनीको राजधानी शहर कोनाक्रीको तटीय सामुद्रिक इलाकामा नयाँ वर्ष मनाउनेक्रममा डुङ्गामा सवार व्यक्तिहरु चढेको डुङ्गा दुर्घटना हुँदा

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आयो सुनामी, ४३ को निधन, सयौं घाइते

अनलाइन तहल्का पौष ८, काठमान्डौं ।  इन्डोनेसियाको सुन्डा स्ट्रेटमा ज्वालामुखी तथा सुनामीका कारण कम्तिमा ४३ जनाको मृत्यु भएको छ। सरकारी

हजार किलोको फर्सी फलाएर राखे किर्तिमान

अनलाइन तहल्का अमेरिकाको सनफ्रान्सिस्कोमा भएको फर्सी प्रतियोगितामा राखिएको १ हजार ७० किलो तौल भएको फर्सीले अमेरिकाको इतिहासकै वजनदार फर्सीको