जर्नादन शर्मा बने राणा खलकको सम्धी  

पुष १० ।  नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’को नाता सम्बन्ध अब नेपालको कुलीन घराना मानिने राणा परिवारसँग गाँसिएको छ । उनकी छोरी कविता शर्माले चितवनका आलोकप्रताप राणासँग बिहे गरेपछि प्रभाकर अब राणा परिवारका सम्धी बनेका छन् ।कविता र आलोकले अमेरिकामा बिहे गरेका छन् । बिहेमा दुवै परिवारका अभिभावक सहभागी भए । जनार्दन नेकपाको स्थायी कमिटीको बैठक छाडेर छोरीको बिहेमा सहभागी हुन अमेरिका पुगेका छन् ।

कविता(आलोक सम्बन्ध

कविता र आलोकको चिनजान कलेज पढ्दादेखि नै थियो । उनीहरुले ललितपुरको क्यारेबियन कलेजमा सँगै पढेका थिए । तर, पछि आलोक सातदोबाटोस्थित काठमाडौं विश्वविद्यालयको कलेजमा एमबीए पढ्न थाले ।यसबीचमा कविताले एमबीबीएस पढ्ने भनेर त्यसको तयारी गर्न थालिन् । तर, सफल भइनन् । यसबाट कविताको एक वर्ष ‘लस’ भयो, जसले गर्दा सँगसँगैका सहपाठी कविताभन्दा आलोक एक वर्ष सिनियर हुन पुगे ।

राणा परिवारका निकट एक सदस्यले भने, ‘सिनियर(जुनियर जस्तो बनाउने काम दुवैका अभिभावकको योजनाअनुसार नै भएको हो । बिहे गर्दा केटीभन्दा केटो जेठो हुनुपर्ने नेपाली समाजका कतिपय व्यक्तिको सोचअनुसार यो काम भएको छ ।’त्यसपछि आलोक अमेरिकामा पढ्न भनेर टेक्सास गए । कविता पनि उतै लागिन् ।कलेज पढ्दादेखि नै कविता र आलोकको प्रेम सम्बन्ध थियो । यो कुरा दुवैका अभिभावकलाई थाहा थियो । उनीहरु एकअर्काको घरमा आउने(जाने गरिरहन्थे ।

आलोक र जनार्दनको नामबाट जन्मियो ‘एजे इन्टरनेशनल’

कविता र आलोक प्रेम सम्बन्धमा रमाइरहेका थिए । यो सम्बन्धमा अझ बढी रौनकता त त्यतिबेला थपियो, जतिबेला आलोक र जनार्दनको नामबाट एक कम्पनी खडा भयो ।आलोकको अंग्रेजी नामको अगाडिको अक्षर ‘ए’ र जनार्दनको अगाडिको अक्षर ‘जे’लाई आपसमा जोडेर उनीहरुले ‘एजे इन्टरनेशनल प्रालि’ नामक इभेन्ट म्यानेजमेन्ट कम्पनी खोले । यसको नामबाट दशैं, होलीलगायतका चाडमा सांगीतिक कार्यक्रमहरु आयोजना गरियो ।

इभेन्ट म्यानेजमेन्ट कम्पनी खुलेन मात्र, जनार्दन शर्माकी छोरी कविताले म्युजिक भिडियोमा मोडलिङसमेत गरिन् । तर, म्युजिक भिडियोमा खेल्न थालेपछि उनले आफ्नो वास्तविक नाम ‘कविता’लाई बदलेर ‘काव्यता’ राखिन् । अहिलेको उनको नाम फेसबुकमा पनि ‘काव्यता’ नै छ ।उनले अभिनय गरेको ‘कसरी बुझाउँ यो मन‘’ बोलको म्युजिक भिडियो युट्युबमा हेर्न सकिन्छ ।(अनलाईनखबरबाट साभार

यस्तो छ भिडियो 

 

प्रतिकृया दिनुहोस

विष्णु माझी स्याङ्जा प्रहरी कार्यालयमा, ११ वर्षपछि भेटे बाबुले छोरी ..पूरा हेरि शेयर गरौ

स्याङ्जा — आइतबार करिब ११ बजे जिल्ला प्रहरी कार्यालय अगाडि बा२ज २०९२ नम्बरको सेतो कलरको ट्याक्सी रोकियो । ट्याक्सीबाट पहिले एक पुरुष निस्किए ।

जिशिकाको वेवसाइटमा खुल्छ नगरपालिका

जाजरकोट, ८ पुस । जाजरकोट जिल्ला शिक्षा कार्यालयलाई आफ्नो काम प्रभावकारी बनाउन र सेवाबारे आम नागरिकलाई जानकारी दिन निर्माण गरिएको वेवसाइट के कस्तो

 नेपाल तरुण दल सल्यानले आज प्रधानमन्त्री केपि शर्मा वलिलाई ज्ञापन पत्र बुझायो

मंसिर १७ सल्यान । नेपाली कांग्रेसको प्रमुख भात्री सस्था नेपाल तरुण दल सल्यानले आज प्रधानमन्त्री केपि शर्मा वलिलाई ज्ञापन पत्र बुझायको छ। निर्मला