नयाँ वर्ष मनाउन गएकाहरूको डुङ्गा दुर्घटनाः दुईको मृत्यु, तीस बेपत्ता

अनलाइन तहल्का

गिनीको राजधानी शहर कोनाक्रीको तटीय सामुद्रिक इलाकामा नयाँ वर्ष मनाउनेक्रममा डुङ्गामा सवार व्यक्तिहरु चढेको डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा तीस जना बेपत्ता भएको स्थानीय अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।तटीय अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त सो डुङ्गामा कम्तीमा ४० जना यात्रु सवार थिए ।सो डुङ्गामा अन्य उद्देश्यले यात्रा गरिरहेका यात्रुहरु भने नरहेको जनाइएको छ । यात्रुमध्ये केहीले मादक पदार्थ सेवन गरेको पनि समाचारमा जनाइएको छ ।

दुर्घटनापछि नौ व्यक्तिलाई जीवितै उद्धार गरिएको छ भने ३० जना अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।नयाँ वर्षको पूर्व सन्ध्यामा कोनाक्रीनजिकै रहेका द्वीपमा जाने समूहका लागि गैरकानूनी रुपमा डुङ्गाहरु बन्दोबस्त गर्ने प्रचलन रहेको स्थानीयको भनाइ रहेकाेछ । कतिपय पर्यटक र राजधानीवासी यस प्रकारका अवैध डुङ्गामा यात्रा गर्ने गरेका छन्।

प्रतिकृया दिनुहोस

सलमानले जिते इन्डियन आइडलको उपाधि 

अनलाइन तहल्का काठमान्डाैं ,पुस ९ भारतीय टेलिभिजनको रियालिटी शो इन्डियन आइडलको दशौँ संस्करणको विजेता सलमान अलीले जितेका छन्। आइतबार भएको फाइनलमा

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आयो सुनामी, ४३ को निधन, सयौं घाइते

अनलाइन तहल्का पौष ८, काठमान्डौं ।  इन्डोनेसियाको सुन्डा स्ट्रेटमा ज्वालामुखी तथा सुनामीका कारण कम्तिमा ४३ जनाको मृत्यु भएको छ। सरकारी

हजार किलोको फर्सी फलाएर राखे किर्तिमान

अनलाइन तहल्का अमेरिकाको सनफ्रान्सिस्कोमा भएको फर्सी प्रतियोगितामा राखिएको १ हजार ७० किलो तौल भएको फर्सीले अमेरिकाको इतिहासकै वजनदार फर्सीको