बागचौर नगर साहित्य परिषद्ले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्यो

पुष्पा रिजन डि.सि
पुस २० सल्यान । 


“पुरातात्त्विक संरचनाको खोजी र साहित्यिक सृजना, अग्रज श्रष्टाको सम्मान र अनुजको जगेर्ना Æभन्ने मुल नाराका साथ बागचौर नगर साहित्य परिषद्ले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।  २०७४ साल पौष १९गते गठन भएको उक्त परिषद्ले प्रथम वार्षिकोत्सव बिहिबार मनाएको हो । वार्षिकोत्सवको अवसरमा “बागचौर नगरपालिका” शिर्षकमा खुल्ला कविता प्रतियोगिता र नियमित मासिक एकल रचनाका श्रष्टाहरु सम्मान तथा परिषद्को उन्नयनको लागि सहयोग प’¥याउने बागचौर नगरपालिकाका नगर प्रम’ख लोकमान बुढाथोकी, बागचौर नगरपालिका कार्यपालिकाको कार्यालय, सल्यान, नगर परिषद्को सुरुवात गरिदिने सल्यानी युवा संजाल बागचौर नगर कार्यसमिति, बागचौरलाई सम्मान गरियो । साथै परिषद्ले सुरवात देखि अहिलेसम्म गर्दै आएको कार्यक्रमका संरक्षक एवम् सल्लाहाकारको रुपमा सहयोग पु¥याउने परिषद्का संरक्षक पुर्ण भण्डारी पंकज र सल्यान जिल्लामै पहिलो पटक एकल रचना वाचन गर्ने श्रष्ठा दिपक शर्मा “समिर” लाई सम्मान गरिएको थियो । 
    
   त्यसैगरि नगर परिषद्ले नियमित रुपमा गर्दै आएको मासिक एकल रचना वाचनमा बाह्रौ साहित्य श्रृङखलाका श्रष्टा तारादेव शर्मा “प्रदर्शन” ले एकल रचनाहर वाचन गरेका हुन । उनले दर्जन भन्दा बढि कविता, गजल, मुक्तक सुनाएका थिए । साथै मासिक रुपमा एकल रचना वाचन गर्दै आएका एकल रचना वाचनका श्रष्टाहरु ः पुर्ण भण्डारी पंकज, कमलमणी देवकोटा, कलिराम घर्तिमगर, डा.कृष्णराज डि.सी., केशवराज देवकोटा, गणेश डाँगी “गगन”, काशिराज अधिकारी, अभि क्षेत्री “सर्मपण”, इन्द्र भण्डारी “अंकित”, छविकिरण अधिकारी, भुम प्रकाश भण्डारी “भुपिन” र तारादेव शर्मा “प्रदर्शन”लाई पनि सम्मान गरिएको हो ।
  “बागचौर नगरपालिका” शिर्षकमा भएको खुल्ला कविता प्रतियोगितामा प्रथम हुने बा.न.पा. २, कि लक्ष्मीदेवि शर्मा, द्धितीय हुने सोही वडा कि रन्जिता बस्नेत र तृतीय हुने बा.न.पा. ९, का तुल्सीराम डाँगीलाई क्रमशंः ३ हजार, २ हजार र  १ हजार सहित  प्रमाणले सम्मान गरिएको हो ।
  
   इन्द्र भण्डारी “अंकित” को सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकी रहेका थिए । बागचौर न.पा. २ का वडा अध्यक्ष घनस्याम शर्मा, वडा नं.३ का अध्यक्ष टिकाराम के.सी., वडा नं. ११ का अध्यक्ष मोहन खड्का, बागचौर नगरपालिकाका प्रशासकिय अधिकृत भिष्म कुमार मल्ल, ईलाका प्रशासन कार्यालय थारमारेका प्रमख चिन्तामणी रेग्मी, नगरपालिकाका परिक्षा प्रम’ख हिरालाल न्यौपाने, नगर परिषद्का संरक्षक पुर्ण भण्डारी पंकज, नगर परिषद्का सल्लाहाकार कमलमणी देवकोटा, केशवराज देवकोटा, राप्ती साहित्य परिषद् दाङका नि.सचिव दिपक शर्मा “समिर”, सल्यानी युवा संजाल बागचौर कार्य समितिका अध्यक्ष बिरेन्द्र प्रकाश डि.सी. लगायतको आतिथ्यता रहेको कार्यक्रमको सहजिकरण परिषद्का सह–सचिव भुम प्रकाश भण्डारी “भुपिन” र सचिव तारादेव शर्मा “प्रदर्शन” ले गरेका थिए ।  दिउँसो २ः०० बजे देखि सुरु भएको कार्यक्रम बेलुका ५ः३० बजे समापन भएको थियो । कार्यक्रममा पत्रकार, जनप्रतिनिधि, समाजसेवी, बुद्धीजिवि, शिक्षक, विद्यार्थी लगायत १२० जना भन्दा बढीको उपस्थती रहेको थियो । 

प्रतिकृया दिनुहोस

आठ हजार अस्थायी शिक्षक फेल, ४० नम्बर पनि ल्याउन सकेनन् 

अनलाइन तहल्का  पौष २५, काठमाडौं ।  शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन्।  आन्तरिक

शारदा नगरपालिकामा कुनै पार्टी छैनः नगरप्रमुख अधिकारी 

अनलाइन तहल्का पौष २४, सल्यान ।      शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले नगरपालिकामा कुनैपनि पार्टीको गन्ध नभएको बताएका छन ।    

२ मन्त्रालयका पत्र बोकेर सल्यानका शिक्षक पुगे सिडियो संग

अनलाइन तहल्का  पौष २२, सल्यान ।      आन्दोलनका विभिन्न कार्यक्रम गरेर सरकारलाई विभिन्न निर्णय गराएका शिक्षकहरु सल्यानका प्रमुख जिल्ला