परिषदको प्रथम वार्षिक उत्सव समारोह मा गरे “प्रदर्शन “ले  आफ्नो एकल रचना वाचन 

मिना खड्का
पुस २० सल्यान ।
बागचौर नगर साहित्य परिषद सल्यानले आफ्नो वार्षिक उत्सव  समारोह मिति २०७५ पौष १९ गते बिहीवारका दिन मनाएको छ । 
उक्त वार्षीक उत्सव  कार्यक्रमको सङगै परिषदले नियमित मासिक रुपमा गर्दै आएको नियमित मासिक एकल रचना वाचनको बाह्रौं साहित्य श्रीङ्खलामा तारादेव शर्मा “ प्रदर्शन “ ले आफ्ना एकल रचनाहरु वाचान गरेका हुन । उनले प्रदेसि बोकि रित्तो झोली  गजलबाट आफ्नो एकल रचना वाचनमा प्रवेस गरेका थिए । उक्त गजलका दुई शेर स्

घरमा मेरि बुढी आमा च्यातिएको चोली ।
मेरै बाटो हेरि बहिनी रुदै बसि होलि ।।

भाई मेरा हृदयका गगन चुम्ने स्वप्न ।
फर्किदै छु प्रदेशबाट बोकि रित्तो झोली ।।

बोकि रित्तो झोली गजलबाट आफ्नो रचना वाचन सुरु गरेका प्रदर्शन ले दर्जनौं गजल ,मुक्तक र कविता वाचन गरेका थिए । 
समसामयिक परिवेश , देश प्रेमले ओतप्रोत , मातापिता , बाल्यकाल देखि हालसम्मका दौँतरी प्रती केही सम्रपित रचना पनि वाचन गरेका थिए । “ प्रदर्शन “ पछिल्लो समयका एक उरर्जावान गजलकार,कवि,र मुक्तककारको रुपमा चिन्निन्छ्न ।
रचना वाचन गर्ने क्रममा प्रदर्शन ले वाचन गरेको एक  देशप्रेम र पुर्वजप्रतिको भालोवासले ओतप्रोत एक कविताको केहि हरफहरु स् 

कालिदास अनि लेखनाथ अझै जगमगाउँछ्न ।
सिर्जना सधैं उच्च छ नेपालिको अरु डगमगाउँछ्न ।।
यहि पुष्पपुन्जमा छ कविता ल्याएर सिद्दिन त्यो ।
भानु भक्त लक्ष्मी यहि जन्मे प्यारो छ नेपाल यो ।।

मोतिराम रङगमन्चमा हसाउँन उदायथ्य ।
त्यहि पृत प्रणय विषेश कलम चलाएथ्य ।।
के चाल चल्छ  भावुक बनाइ अनवरत तन त्यो ।
मनमा बसि आकुरा हसाउछ प्यारो छ नेपाल यो ।।

यसरी निरन्तर आफ्ना रचना वाचन गर्दै जादाँ उपस्थित सहित्य अनुरागी मनहरु निकै रमाई रमाइ रहनु भएको थियो । एकाएक  प्रदर्शन ले आफना स्वर्गीय पिताप्रति सम्रपित कविता र आफनै साथमा रहेकी आमा प्रति सम्रपित गजल वाचन गर्दा साहित्य बान्डुली निकै भावुक बनेको थियो । उक्त कविता र गजल उनले बाचन गर्दै गर्दा  उपस्थित केहि साहित्य अनुरागी मनका लोचनबाट आँसु झरिरहेका थिए । ति दुबै रचनाका केही अंश स् 

३कविताका ३केही ३हरफ स् 
बाझो वारि पल्टाइ सपना गगन चुम्ने थियो ।
 रौनक लगाई सङसार सारा घुम्ने रहर थियो ।।
 बाबा मेरो प्रदेशबाट कहिल्यै फर्किएनन ।
 दुख्खहरु जिवनबाट कहिल्यै सर्किएनन ।।
     
 साहुको ऋण सय गारा तीन खै कसरी गाँसु ?
 आमा मेरो हरियो पहिरनमा खै कसरी हाँसु ?? 

३गजलका ३तीन ३शेर स्
आज फेरि मेरि आमा सपनिमा रुन्छिन होला ।
बिउँझिएर निर्दाबाट नौलो सपना बुन्छिन होला ।।

न त  मैले बुझ्न सके न त दाजुभाइले ब्यथा ।
अपार आशुको भेल बगाइ सारा संसार धुन्छिन होला ।।

कति पीडा खपि होलिन बनाउनलाई महान मान्छे  ।
त्यो बिगत यो वर्तमान सङगसङ्गै उन्छिन होला ।।
 
“प्रदर्शन “ ले आमा प्रती सम्रपित यो गजल नै लयात्मक रुपले गायन शौलिमा वाचन गरि आफ्नो एकल रचना वाचन पूरा गरेका थिए । कार्यक्रममा परिषदका अध्यक्ष ईन्द्र भण्डारी 
“ अङ्कित“ को सभाध्यक्ष , बागचौर नगरपालिका का नगर प्रमुख लोकमान बुढाथोकीको प्रमुख आथित्यता रहेको थियो भने  वरिष्ठ साहित्यकार परिषदका सल्लाहकार कमलमणि देवकोटा ,साहित्यकार परिषदका सल्लाहकार पुर्ण भण्डारी
 “ पङकज“ साहित्यकार परिषदका सल्लाहकार केशवराज देवकोटा, साहित्यकार कवि सल्यान मै पहिलो एकल रचना वाचन गरेका स्रष्टा दिपक शर्मा “ समीर“, बागचौर नगरपालिकाका २,३,११ न. का वडा अध्यक्ष क्रमशः घनश्याम शर्मा, टिकाराम के. सि. मोहन खड्का, ईलाका प्रशासन कार्यालय बागचौरका प्रमुख चिन्तामनि रेग्मी , सल्यानी युवा संजाल बागचौर नगर कार्य समिती एवम बागचौर नगरपालिका का स्वकिय सचिवालय सदस्य बिरेन्द्र प्रकाश डिसि , अन्तरास्ट्रिय कराते रेफ्री बागचौर नगरपालिकाका स्वकिय सचिवालय सदस्य चित्र राना , शिर्जनशिल आमा समुहकी अध्यक्ष लक्ष्मिदेवी शर्मा र  परोपकार स्वास्थ्य आमा समुहकी उपाअध्यक्ष तुलसा चन्द को आथित्यता रहेको थियो भने कार्यक्रममा दर्शकबिनको भब्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन  नागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथिकिका स्वकीय सचिव  परिषदका सह सचिव  भुम प्रकाश भण्डारी “ गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

आठ हजार अस्थायी शिक्षक फेल, ४० नम्बर पनि ल्याउन सकेनन् 

अनलाइन तहल्का  पौष २५, काठमाडौं ।  शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन्।  आन्तरिक

शारदा नगरपालिकामा कुनै पार्टी छैनः नगरप्रमुख अधिकारी 

अनलाइन तहल्का पौष २४, सल्यान ।      शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले नगरपालिकामा कुनैपनि पार्टीको गन्ध नभएको बताएका छन ।    

२ मन्त्रालयका पत्र बोकेर सल्यानका शिक्षक पुगे सिडियो संग

अनलाइन तहल्का  पौष २२, सल्यान ।      आन्दोलनका विभिन्न कार्यक्रम गरेर सरकारलाई विभिन्न निर्णय गराएका शिक्षकहरु सल्यानका प्रमुख जिल्ला