स्तनपान गराएर उद्घाटन भयो हुलाक कार्यालयको शिशु स्याहार कक्ष 

अनलाइन तहल्का
पौष २२, सल्यान । 
जिल्ला हुलाक कार्यालय सल्यानले कार्यालय परिसरमा स्तनपान तथा शिशु स्याहार कक्ष निर्माण गरेको छ । 
यस बर्ष भौतिक संरचना निर्माणका लागि कार्यालयमा भएको ४ लाख २३ हजार ७० रुपैयाँबाट हल र शौचालय निर्माण तथा भवन रंगरोगनका साथमा स्तनपान शिशु स्याहार कक्ष बनाएछि आइतबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । 
    स्तनपान तथा शिशु स्याहार कक्षको उद्घाटन शारदा नगरपालिका ३ की वडा सदस्य इन्द्रा भण्डारीले आफ्नो बच्चालाई स्तनपान गरेर गरेकी थिइन । कार्यक्रममा आमाको स्तनपान गरिरहेका ६७ जना बालबालिकालाई न्यानो कपडा पनि वितरण गरिएको छ । 
    संचार मन्त्रालय अन्तरगत जिल्लामा रहेका संचार माध्यामको नविकरण तथा अनुगमन गर्ने जिल्ला हुलाक कार्यालयले हुलाक बचत बैक पनि संचालन गरेको छ । 
    हुलाक अधिकृत धिरेन्द्र भण्डारीले बचत बैकमा सेवा लिन आउने स्तनपान गराइरहेका महिलाहरुको सुविधाका निम्ती यो काम गरेको जानकारी दिएका छन । उनले भने –“हामीले कार्यालयलाई महिलामैत्री, बालमैत्री, अपांगमैत्री बनाउदै सेवाग्राहीलाई सेवा दिनुपर्छ त्यसकारण यो व्यवस्थापन गरेका हौं ।” आफ्नो यस्तो कामले बच्चा समयमा दुध खानाबाट बञ्चित नहुने र कामका लागि लाइनमा बसेका आमाहरुले पनि सहजै बच्चालाई भोक लागेको बेला स्तनपान गर्नसक्ने भएकाले सबैलाई सहयोग हुने उनले बताएका छन ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला न्यायाधिश मदन बहादुर धामीले सम्बोधनका क्रममा जिल्लामा रहेका सार्वजनिक सेवा दिने हरेक कार्यालयमा यस्तो कक्षको आवश्यकता भएको भन्दै सबैले यसतर्फ ध्यान दिन जरुरी भएको बताए ।
प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुख, अस्पताल, स्वास्थ्य संस्था तथा विभिन्न स्वास्थ्य परियोजना संचालक र पत्रकारको उपस्थितीमा भएको कार्यक्रममा आमा सहित उपस्थित भएका ९२ बालबालिकालाई न्यानो कपडा वितरण गरिनुका साथै स्वास्थ्य सम्बन्धि जानकारी दिइएको थियो । उनिहरुलाई बच्चाले चाहेअनुसार स्तनपान गराउन भन्दै दिन (२४ घण्टा) मा १० देखि १२ पटक स्तनपान गराउन भनिएको छ । 
कार्यक्रम संचालनका लागि ४० हजार कुमारी बैकले प्रदान गरेको र अन्य कार्यालयले नै व्यवस्थापन गरेको जनाएको छ । 

प्रतिकृया दिनुहोस

जाडोमा जेष्ठ नागरिकमा देखिने प्रमुख समस्या काम गर्न नसक्ने जेष्ठ नागरिकलाई कसरी स्याहार गर्ने ? 

अनलाइन तहल्का पौष १५,काठमान्डाैं      डा रमेश कँडेल, जेष्ठ नागरिकको रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा जाडो मौसममा स्वास्थ्य समस्या बढी

थारमारे जनकल्यानको प्राङ्गणमा सुनाए भुपिनले एकल रचनाहरु

पुष्पा रिजन डि.सी.अनलाइन तहल्का मंसिर २९, सल्यान ।  सल्यानको बागचौर नगर साहित्य परिषद्ले नियमित रूपमा गर्दै आएको मासिक एकल रचना वाचन अन्तर्गतको

यसकारण हुन्छ कम उमेरमै स्मरणशक्ति ह्रास

डा. ललितकुमार मिश्र मानव जीवनमा स्मरणशक्तिको ठूलो महत्व छ । स्मरणशक्ति तेज भएका मानिसहरुले हरेक क्षेत्रमा चाँडो प्रगति गर्न सक्छन् । कमजोर हुनेहरु