२ मन्त्रालयका पत्र बोकेर सल्यानका शिक्षक पुगे सिडियो संग

अनलाइन तहल्का 
पौष २२, सल्यान । 
    आन्दोलनका विभिन्न कार्यक्रम गरेर सरकारलाई विभिन्न निर्णय गराएका शिक्षकहरु सल्यानका प्रमुख जिल्ला अधिकारी कमलराज ढकाललाई भेट्न पुगेका छन ।
     शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्णयहरु सहितको पत्र र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको  स्थानिय तहहरुलाई अधिकारको प्रयोग सम्बन्धमा लेखिएको पत्र बोकेर उनिहरुले पुगेका हुन । स्थानिय तहहरुले आफुखुशी ऐन, निर्देशिका वा कार्यविधि बनाएर नियुक्ति, सरुवा तथा बर्खास्ती बन्द गर्नुपर्ने माग राखेका थिए । 
    शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ अनुसार नै गर्न गराउन र यस अघि भएका विपरितका सबै कार्य बदर गर्न परिपत्र गर्ने निर्णय भएको थियो । त्यस्तै निजी लगानीका विद्यालयमा कार्यरत शिक्षकको नियुक्ति, सेवा र शर्त पारदर्शी गराएर सामुदायिक विद्यालय शिक्षक सरहको सुविधा दिने स्थानिय तहलाई निर्देशन दिने र प्रदेश तथा स्थानिय तहमा शैक्षिक समस्या समाधानमा सहजिकरण गर्ने प्रयोजनका लागि सबै निकाय र नेपाल शिक्षक महासंघ विच निरन्तर सम्वादका लागि शैक्षिक सम्वाद समन्वय समिति गठन गर्ने निर्णय बोकेर उनिहरु जिल्ला प्रशासन कार्यालय पुगेका हुन । 
भेटमा प्रमुख जिल्ला अधिकारी ढकालले कानुन बाझिने काम कसैले गर्नुहुदैन त्यसका लागि आफुले सहयोग गर्ने बताएका छन । 
भेटघाटमा लागि नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष मधुसुदन गिरी, नेपाल राष्टिय शिक्षक संगठनका पुर्व अध्यक्ष मधुसुदन शर्मा, नेपाल शिक्षक संघका अध्यक्ष एकराज बुढाथोकी, एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष रोमहर्ष खड्का, नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष खड्ग बहादुर वि.क. र महासंघका अर्थ सचिव वीर बहादुर भण्डारी सहभागि थिए । 
 

प्रतिकृया दिनुहोस

आठ हजार अस्थायी शिक्षक फेल, ४० नम्बर पनि ल्याउन सकेनन् 

अनलाइन तहल्का  पौष २५, काठमाडौं ।  शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन्।  आन्तरिक

शारदा नगरपालिकामा कुनै पार्टी छैनः नगरप्रमुख अधिकारी 

अनलाइन तहल्का पौष २४, सल्यान ।      शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले नगरपालिकामा कुनैपनि पार्टीको गन्ध नभएको बताएका छन ।    

परिषदको प्रथम वार्षिक उत्सव समारोह मा गरे “प्रदर्शन “ले  आफ्नो एकल रचना वाचन 

मिना खड्का पुस २० सल्यान । बागचौर नगर साहित्य परिषद सल्यानले आफ्नो वार्षिक उत्सव  समारोह मिति २०७५ पौष १९ गते बिहीवारका दिन मनाएको छ ।  उक्त