उत्पादकत्व बढाउन किसान परियोजना २ शुरु 

शंकर के सी, अनलाइन तहल्का
पुस २२, सल्यान । 
    किसानको जीवनस्तर सुधार गर्न शुरु गरिएको किसान—२ परियोजनाको बारेमा जानकारी तथा छलफल कार्यक्रम आइतबार सल्यानमा सम्पन्न भएको छ । 
    किसान परियोजना अन्तर्गत मकै, दाल र तरकारीको उत्पादकत्व वृद्धिमा विशेष जोड दिइएको किसान परियोजनाका क्षेत्रीय संयोजक रञ्जीत थापाले जानकारी दिए । 
    यूएसएआईडीको प्राविधिक सहयोगमा सल्यान सहित विभिन्न २४ जिल्लामा कार्यक्रम सञ्चालन भएको जानकारी गराउँदै थापाले आइतबार कपुरकोट गाउँपालिकामा आयोजित कार्यक्रममा ग्रामीण कृषकको आयस्तर सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको बताए ।
    कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले कुनै पनि कार्यक्रम सञ्चालन भइसकेपछि त्यसको प्रतिफल आउनुपर्नेमा जोड दिए । किसानका लागी भएको लगानी खेर जान नदिनका लागी सम्बन्धीत कृषि प्राविधिकले सल्लाह, निगरानी बढाउनुपर्ने बताए । 
    अध्यक्ष सेनले अव आफ्नो गाउँपालिकाका कृषि प्राविधिकहरुको कार्यालयमा घाम तापेर बस्ने दिन गएको जनाउँदै कार्यविभाजन गरेर प्राविधिकहरुलाइ किसानको खेतबारिमा खटाइने बताए ।
    यस्तै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले किसान परियोजनाका कार्यक्रमहरु स्थानीय तहसंगको समन्वयमा अगाडी बढाउनुपर्ने बताइन् । कार्यक्रममा जनप्रतिनिधीहरुले कृषिमा यान्त्रीकिकरणका लागी विशेष कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।
    सल्यान जिल्लामा अहिले उन्नत कृषि केन्द्र कपुरकोट र मनकामना एग्रोभेट बागचौरमार्फत २ हजार घरधुरिमा कार्यक्रम लागू हुने क्षेत्रीय संयोजक रञ्जीत थापाले जनाए । 
    उन्नत कृषि केन्द्रले हाल सम्म २८ वटा कृषक समूह गठन गरिसकेको जनाउदै केन्द्रका सञ्चालक घनश्याम शर्माले आफ्नो केन्द्र मार्फत कपुरकोट गाउँपालिकाका सबै वडा, त्रिवेणी गाउँपालिका सल्यानको ४ र ५ नम्बर वडा, रोल्पा त्रिवेणी गाउँपालिकाका ३ र ४ तथा दाङ तुलसिपुर उपमहानगरपालिकाको ३ नम्बर वडामा १६ सय घरधुरिका ६४ समूहमा काम गर्ने लक्ष्य रहेको सुनाए ।
    परियोजनाले स्थानीय कृषि उत्पादन वृद्धिसँगै बजारीकरणमा जोड दिइएको उनको भनाई छ । किसानलाई तालिमसँगै उत्पादनलाई कसरी बजारीकरण गर्ने विषयमा सम्बन्धित निकायलाई समेत नयाँ प्रविधिका बारेमा जानकारी गराइने शर्माले बताए ।
 

प्रतिकृया दिनुहोस

कर्णाली सरकारले किसानलाई नायक नायिका बनाएर पुरुस्कार दिनुपर्छः मन्त्री केसी

अनलाइन तहल्का  पुस ३०, सल्यान । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेशमा कृषक नायक

बन्गाडकुपिण्डेको केन्द्रमै फोनमा समस्या, नगरप्रमुखको कुरा यस्तो छ

दुर्गा वि.सी., अनलाइन तहल्का  पौष २५, सल्यान ।      बन्गाडकुपिण्डे नगरपालीकाको केन्द्रमै भरपर्दो सञ्चार सुविधा नहुदाँ नागरिकले दुख पाएका छन् ।

बन्गाडकुपिण्डेको केन्द्रमै फोनमा समस्या, नगरप्रमुखको कुरा यस्तो छ

दुर्गा वि.सी., अनलाइन तहल्का  पौष २५, सल्यान ।      बन्गाडकुपिण्डे नगरपालीकाको केन्द्रमै भरपर्दो सञ्चार सुविधा नहुदाँ नागरिकले दुख पाएका छन् ।