कर्णालीको हिमाली जिल्लामा हिमपात

अनलाइन तहल्का

पुस २३,

जाजरकोट स् कर्णाली प्रदेशका हिमाली जिल्लामा आइतबार रातिदेखि हिमपात सुरु भएको छ। हिमपातसँगै चिसो बढेको स्थानीयले बताएका छन्। जाजरकोटको उत्तरी, पूर्वी क्षेत्र, पश्चिमको माथिल्लो भाग, माथिल्लो डोल्पा, जुम्ला, कालीकोट, हुम्ला, मुगुमा हिमपात सुरु भएको हो। हिमपातले चिसो बढे पनि तरकारी, गहुँलगायतका बालीलाई भने राहत भएको किसानहरुले बताएका छन्।

सिँचाइ सुविधा नभएको ठाउँमा हिमपात भएसँगै अन्न उत्पादन वृद्धि हुने किसानहरुले आशा छ।  हिमपातले घरका छाना सेताम्य भएका छन्। पानी जमेका कारण हिउँ तताएर पानी खाने गरेको जाजरकोट पाँचकाटियाका डिल्ली थापाले बताएका छन। जाजरकोटको बारेकोट, पाँचकाटिया, जुनिचाँदेको जुनिबस्तीमा भारी हिमपात भएको छ।
 

प्रतिकृया दिनुहोस

कर्मचारी ढिलासुस्ती काम गर्छन भन्ने गुनासो भयो हेड नेटवर्कमा

अनलाइन तहल्का  पुस २५, सल्यान ।       सल्यानमा पारस्परिक जवाफदेहिता परियोजना संचालन गरिरहेको हरप्लेसले जिल्लामा हेड नेटवर्क गठन गरी विभिन्न

शारदाको चौथो नगरसभा सम्पन्न, यस्ता विधेयक पारित भए

भवानी बुढाथोकी, अनलाइन तहल्का  पौष २५, सल्यान ।  सल्यानको सदरमुकाम रहेको नगरपालिका शारदा नगरपालिकाले पाँच वटा विधेयक पारित गरेको छ । आज बुधवार

मोटरसाइकल दुर्घटनामा एकजनाकाे मृत्यु

अनलइन तहल्का पुस २३, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु