शारदा नगरपालिकामा कुनै पार्टी छैनः नगरप्रमुख अधिकारी 

अनलाइन तहल्का
पौष २४, सल्यान । 
    शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले नगरपालिकामा कुनैपनि पार्टीको गन्ध नभएको बताएका छन । 
    आफुले एउटा राजनीतिक दलको तर्फबाट जितेको भएपनि कार्यालयमा जनताको काम गर्ने भएकाले सेवाग्राहीलाई कार्यकर्ताको नजरले नहेरेर सबैलाई जनताको नजरले हेरेको बताएका हुन । 
    निजी तथा आवाशिय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको २८ औं स्थापना दिवसका अवसरमा सल्यानमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले नगरभित्रका सबै सरकारी विद्यालय सरह निजीलाई पनि आफुले हेरेको भन्दै सरकार संचालनमा निजी विद्यालयले सहयोगीको भुमिका खेलेको बताएका हुन । सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्ने भन्दापनि एउटै नजरले हेर्नुपर्ने भन्दै उनले यदी कसैले शिक्षण संस्था चलाएर गुणस्तरिय शिक्षा दिन्छ भने त्यो सरकारको सहयोगी हुने बताए । 
    कार्यक्रमलाई सम्बोधनका क्रममा प्याव्सनका केन्द्रिय सदस्य महेश देवकोटाले सरकारले निजी विद्यालय बन्द गर्नेगरी योजना बनाउन लागेकोप्रति दुख व्यक्त गर्दैै यदि निजी विद्यालय बन्द गर्नेभए त्यसको विकल्प दिनुपर्ने बताए । गुणस्तरिय शिक्षाका लागि निजी क्षेत्रमा लगानी गर्छौं भन्ने व्यवसायीलाई सरकारले लगानीको बाताबरण नगरेकोप्रति दुःख व्यक्त गर्दै उनले विदेश पलायन भएर अध्ययन गर्ने विद्यार्थी देशमा नै रोक्न निजी विद्यालयले सहयोग गरेको बताएका छन । 
    बर्षेनी हजारौं विद्यार्थी शिक्षाका अवसर खोज्दै विदेशीने बाध्यतालाई हटाउन सरकारलाई आग्रह गर्दै उनले ग्रामिण क्षेत्रबाट शिक्षाको लागि शहर पस्ने र हजारौ खर्च गर्ने बाध्यता ग्रामिण क्षेत्रका निजी विद्यालयले हटाएको उनको भनाइ थियो । 
    कार्यक्रमलाई सम्बोधनका क्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष किशोर हमालले सरकारले शिक्षाका क्षेत्रमा असमानता कसैलाई गर्न नहुने भन्दै आफ्नो संगठनले शिक्षक महासंघ माताहतमा रहेर विभिन्न गतिविधि गरिरहेको बताए । 
    कार्यक्रममा शारदा ३ का वडाध्यक्ष टोप बहादुर थापाको पनि विशिष्ट आतिथ्यता रहेको थियो । भने प्याब्सनका संस्थापक अध्यक्ष तथा सल्लाहकार पूर्ण बहादुर बस्नेतले राज्यले विदेश जाने विद्यार्थीको रोकथाम गर्नुपर्ने भन्दै सबैको ध्यान त्यतातिर जानुपर्ने बताए । जीत बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गरिनुका साथै मायाको चिनो पनि प्रदान गरिएको थियो ।    
एमएम एकेडेमी खलंगामा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट सहभागि भएका निजी विद्यालयका विद्यार्थीहरुले नृत्य प्रदर्शन गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

आठ हजार अस्थायी शिक्षक फेल, ४० नम्बर पनि ल्याउन सकेनन् 

अनलाइन तहल्का  पौष २५, काठमाडौं ।  शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन्।  आन्तरिक

२ मन्त्रालयका पत्र बोकेर सल्यानका शिक्षक पुगे सिडियो संग

अनलाइन तहल्का  पौष २२, सल्यान ।      आन्दोलनका विभिन्न कार्यक्रम गरेर सरकारलाई विभिन्न निर्णय गराएका शिक्षकहरु सल्यानका प्रमुख जिल्ला

परिषदको प्रथम वार्षिक उत्सव समारोह मा गरे “प्रदर्शन “ले  आफ्नो एकल रचना वाचन 

मिना खड्का पुस २० सल्यान । बागचौर नगर साहित्य परिषद सल्यानले आफ्नो वार्षिक उत्सव  समारोह मिति २०७५ पौष १९ गते बिहीवारका दिन मनाएको छ ।  उक्त