त्रिवेणीलाई पाँच रोपनी जग्गा दान

अनलाइन तहल्का 
पौष २५, सल्यान
    सल्यानको त्रिवेणी गाउँपालिकालाइ स्थानीयले पाँच रोपनी जग्गा दान गरेका छन् । त्रिवेणी ६ लुहामका स्थानीय रेमु श्रेष्ठ, दिवाकरराज श्रेष्ठ, ड्रम्बर शाह, कर्ण बहादुर श्रेष्ठ र कमल केसीले सयुक्त रुपमा मालपोत कार्यालयबाट गाउँपालिकालाई जग्गादान गरेका हुन् । 
    भाडाको भवनमा सञ्चालन भइरहेको गाउँपालिकालाइ सेवा प्रवाहमा असहजता भएकाले सामाजिक भावना अनुसार जग्गा दान गरिएको जग्गादानकर्ता डम्बर शाहले बताए । जीवनमा केहि गरौँ भन्ने भावना अनुसार गाउँपालिकालाई जग्गा दान गरेको बताउदै अर्का जग्गादाता रेमु श्रेष्ठले गाउँपालिकाले जग्गालाई उपयोग गरेमा सबै गाउँपालिकावासीको हित हुने विश्वास व्यक्त गरे । 
    २५ लाख बराबरको पाँच रोपनी जग्गा दान प्राप्त भएपछि गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले खुसी व्यक्त गर्दै पाँच जना जग्गादाताले गाउँपालिकालाइ ठूलो सहयोग गरेको बताए । त्रिवेणी गाउँपालिकाले अव थप पाँच रोपनी जग्गाको व्यवस्था गरेर भवन निर्माण कार्य अगाडी बढाइने जनाएको छ । 
    अहिले गाउँकार्यपालिका, विषयगत कार्यालय तथा वडा कार्यालयको भाडा वापत गाउँपालिकाले वार्षिक १२ लाख रुपैयाँ खर्च गर्दै आएको छ ।
 

प्रतिकृया दिनुहोस

खानेपानीको यस्तो संकट

दुर्गा वि.सी, अनलाइन तहल्का  पुस २५, सल्यान ।      सल्यानको पश्चिम क्षेत्रमा बर्षौ देखि खानेपानीको समस्याको कारण स्थानीयले निक्कै दुख पाउन

अव सल्यानमा पनि राष्ट्रिय परिचयपत्र वितरण, के हो त राष्ट्रिय परिचयपत्र ?   

अनलाइन तहल्का  पौष २५, सल्यान ।     अभ्यासको रुपमा पाँचथरमा राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको सरकारले अव १५ जिल्लामा यो अभियान शुरु गर्ने

सुमार्गीले पैसा निकालेपछि खाता रोक्न सर्वोच्चको आदेश

काठमाडौं । विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ ।  यही