आठ हजार अस्थायी शिक्षक फेल, ४० नम्बर पनि ल्याउन सकेनन् 


अनलाइन तहल्का 
पौष २५, काठमाडौं ।
 शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन्।  आन्तरिक प्रतिस्पर्धाको परीक्षा एिका २२ हजार २ सय शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुर्तीर्ण भएका हुन्। उनीहरुले पास हुन चाहने न्यूनतम ४० अंक पनि ल्याउन सकेनन् भन्ने खबर कान्तिपुर दैनिकमा छ।  शिक्षा मन्त्रलायले अस्थायी शिक्षलाई स्थायी गर्न ऐन संशोधन गरी आन्तरिक परीक्षा लिएको थियो। कतिपय शिक्षक अनुर्तीर्ण हुने डरले प्रतिस्पर्धामै सहभागी भएनन्।  
आयोगले लिने अन्तर्वार्तामा अझै करिब १ हजार शिक्षक छाँटिने निश्चित छ। आयोगले ९ प्रकारका विज्ञापन गरेकोमा कुनैमा माग भन्दा बढीले लिखित परीक्षा पास गरेका छन्।  आयोगले २२ हजार ७६ पदका लागि आन्तरिक तर्फ विज्ञापन गरेकोमा २३ हजार ३ सयले आवेदन दिएका थिए। ती मध्ये २२ हजार २ सयले मात्र परीक्षा दिएका हुन्। 

फाइल तस्वीर 

प्रतिकृया दिनुहोस

शारदा नगरपालिकामा कुनै पार्टी छैनः नगरप्रमुख अधिकारी 

अनलाइन तहल्का पौष २४, सल्यान ।      शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले नगरपालिकामा कुनैपनि पार्टीको गन्ध नभएको बताएका छन ।    

२ मन्त्रालयका पत्र बोकेर सल्यानका शिक्षक पुगे सिडियो संग

अनलाइन तहल्का  पौष २२, सल्यान ।      आन्दोलनका विभिन्न कार्यक्रम गरेर सरकारलाई विभिन्न निर्णय गराएका शिक्षकहरु सल्यानका प्रमुख जिल्ला

परिषदको प्रथम वार्षिक उत्सव समारोह मा गरे “प्रदर्शन “ले  आफ्नो एकल रचना वाचन 

मिना खड्का पुस २० सल्यान । बागचौर नगर साहित्य परिषद सल्यानले आफ्नो वार्षिक उत्सव  समारोह मिति २०७५ पौष १९ गते बिहीवारका दिन मनाएको छ ।  उक्त