शारदाको चौथो नगरसभा सम्पन्न, यस्ता विधेयक पारित भए

भवानी बुढाथोकी, अनलाइन तहल्का 
पौष २५, सल्यान । 
सल्यानको सदरमुकाम रहेको नगरपालिका शारदा नगरपालिकाले पाँच वटा विधेयक पारित गरेको छ । आज बुधवार बसेको नगरपालिकाको चौथो नगरसभा बैठकले पाँच विधेयक पास गरेको हो ।
नगरपालिका बाट गरिने बजार अनुगमन निर्देशिका २०७५, करारका प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७५, न्यायिक समितिले उजुरीको किनारा गर्दा अपनाउनु पर्ने कार्य्विधिकोसम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७५ पारित गरिएको छ । 
यस्तै अपाँगता भएका व्यक्तीहरुको परिचयपत्र वितरण कार्यविधि २०७५ र शिक्षा सम्बन्धी कार्यविधि नगरसभाले पारित गरेको नगरका प्रवक्ता दिपक हमालले जानकारी दिएका छन । अव नगरभित्रका अपाँगता भएका व्यक्तीले अपाँगता परिचयपत्र पाउने बाटो खुलेको छ । यो समस्याका कारण १० वटै स्थानिय तहका सयौ सेवाग्राहीले दुःख पाउदै सदरमुकाम धाउदै विनाकाम घर फर्किने समस्या झेलेका छन । 
जिल्लामा महिला तथा बालबालिका कार्यालय नरहे दखी परिचयपत्र पाउन बाट वन्चित भएका अपांगता भएका व्यक्तीले भोलीदेखी नै अपाँगता परिचयपत्र पाउन सक्ने छन् ।  नगरसभाले आर्थिक वर्ष ०७५।०७६को नगर सभा बाट स्वीकृतनगर स्तरीय तथा वडा स्तरीय बजेट बाट विनियोजन भएको योजनाको सन्दर्भमा संसोधन र रकमान्तर गरिएको छ 

प्रतिकृया दिनुहोस

कर्मचारी ढिलासुस्ती काम गर्छन भन्ने गुनासो भयो हेड नेटवर्कमा

अनलाइन तहल्का  पुस २५, सल्यान ।       सल्यानमा पारस्परिक जवाफदेहिता परियोजना संचालन गरिरहेको हरप्लेसले जिल्लामा हेड नेटवर्क गठन गरी विभिन्न

मोटरसाइकल दुर्घटनामा एकजनाकाे मृत्यु

अनलइन तहल्का पुस २३, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कर्णालीको हिमाली जिल्लामा हिमपात

अनलाइन तहल्का पुस २३, जाजरकोट स् कर्णाली प्रदेशका हिमाली जिल्लामा आइतबार रातिदेखि हिमपात सुरु भएको छ। हिमपातसँगै चिसो बढेको स्थानीयले बताएका छन्।