अव सल्यानमा पनि राष्ट्रिय परिचयपत्र वितरण, के हो त राष्ट्रिय परिचयपत्र ?   

अनलाइन तहल्का 
पौष २५, सल्यान ।
    अभ्यासको रुपमा पाँचथरमा राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको सरकारले अव १५ जिल्लामा यो अभियान शुरु गर्ने जनाएको छ । 
आज सल्यानमा भएको राष्टिय परिचयपत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रममा राष्टिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक चोमेन्द्र न्यौपानेले यस्तो बताएका हुन । 
    आगामी ३ वर्षभित्र देशभर राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यका साथ अघि बढेको सरकारले अवको चरणमा सल्यानमा पनि परिचयपत्र वितरण शुरु गर्ने जनाएको हो । सबै नागरीकहरुको अभिलेख राख्ने उदेश्यले दोस्रो चरणमा सल्यान जिल्लाभरी राष्ट्रिय परिचयपत्र बितरण गरिने भएको हो । कर्णाली प्रदेशका दुई जिल्ला सल्यान र जुम्लाबाट परिचयपत्र बितरण हुन लागेको हो । 
    १६ बर्ष उमेर पुगेर नागरीकता र मतदाता परिचयपत्र लिएका जिल्लाका १ लाख ४५ हजार नागरिकलाई परिचयपत्र वितरण गरिनेछ । 
    एकिकृत राष्टिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीको विकास गर्ने, नगरिकको वैयक्तिकर जैविक विवरणको संकलन, भण्डारण र उपयोग गर्ने, राष्टिय परिचयपत्र व्यवस्थापन सूचना प्रणलीलाई राज्यबाट प्रवाह हुने सेवासंग आवद्ध गर्ने, नगरिकहरुलाई बहुउपयोगी राष्टिय परिचय नम्बर र राष्टिय पहिचान सहितको वायोमेटिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले सरकारले यो अभियान थालेको हो । 
आधुनिक प्रविधियुक्त चिप्स सहित “एक नागरिक एक पृथक परिचय नम्बर सहितको परिचयत्र”को अवधारणाबाट प्रेरित राष्टिय परिचयपत्रले सम्पुर्ण रुपमा नागरिकको पहिचान सुनिश्चित गर्नेछ ।  
यो परिचयपत्र भएपछि नागरिकले सबै कामका लागि सहयोग हुनेछ । तथ्यांक संकलन देखि मतदाता नामावली हुदै पञ्ीकरण, राजश्व छली, सुशासन जस्ता काम गर्न सरकारले यो अवधारणा ल्याएको छ । 
कार्ड जस्तो चिस्स मेसिनमा राख्ने वित्तिकै सबै विवरण देखिने र व्यक्तिका दुवै हातका दश औलाको छाप लिइने हुदा यसबाट कुनैपनि अनियमिता रोक्ने सकिने सरकारले जनाएको छ ।   

प्रतिकृया दिनुहोस

खानेपानीको यस्तो संकट

दुर्गा वि.सी, अनलाइन तहल्का  पुस २५, सल्यान ।      सल्यानको पश्चिम क्षेत्रमा बर्षौ देखि खानेपानीको समस्याको कारण स्थानीयले निक्कै दुख पाउन

सुमार्गीले पैसा निकालेपछि खाता रोक्न सर्वोच्चको आदेश

काठमाडौं । विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ ।  यही

अच्चम छ ! प्रहरीको जाडो छल्ने ज्याकेट बैशाखमा आउने 

अनलाइन तहल्का पौष २५, काठमाडौं । देशभरिका प्रहरी कार्यालयले ज्याकेटको माग गर्दै मंसिरदेखि नै प्रधान कार्यालयमा तोकता गर्न थालेका हुन्। तर, प्रधान