बन्गाडकुपिण्डेको केन्द्रमै फोनमा समस्या, नगरप्रमुखको कुरा यस्तो छ

दुर्गा वि.सी., अनलाइन तहल्का 
पौष २५, सल्यान । 
    बन्गाडकुपिण्डे नगरपालीकाको केन्द्रमै भरपर्दो सञ्चार सुविधा नहुदाँ नागरिकले दुख पाएका छन् । नगरको प्रमुख केन्द्र सल्लीवजारमा गतिलो फोन सेवा नभएको स्थानीयको गुनासो छ । 
    सडकमा वाहेक घर भित्र पसे पछि फोनले राम्रो काम नगर्दा यहाँका नागरिक प्रत्यक्ष मारमा परेका छन् । सामान्यतया ल्याण्डलाईन सेवा र प्राईभेट कम्पनी एन सेल बाहेक  नेपाल टेलीकमका स्काई तथा नमस्तेको भरपर्दो नेटवर्क नहुदाँ निक्कै समस्या भएको रिस्ता कम्युनिकेशन कर्नरका प्रोपाईटर लालमणि विष्टले वताए ।
     ल्याण्डलाईन सेवा सवै ठाउँ र क्षेत्रमा विस्तार गर्न झन्झटीलो हुने भएको र नेपाल टेलिकमको  टावर नहुदाँ यहाँ फोनको  समस्या रहेको उनले वताए । नगरको मुख्य केन्द्रमै सञ्चार सेवा गतिलो नभए पछि दुर्गम क्षेत्रका वासिन्दाले झन सञ्चारको प्रत्याभुति गर्ने कुरै भएन । फोनसँगै ल्याण्डलाईन सेवाको इन्टरनेट सेवा समेत भरपर्दो  नरहेको विष्टको दुखेसो छ । केहि इन्टरनेट सम्बन्धी काम गर्नु परे घण्टौ लोडिङ्ग भैरहन्छ र कामै नहुने समस्या छ । अरु विकल्प केहि नभए पछि  चर्को  शुल्कको प्राइभेट एनसेलको भर वाहेक अरु विकल्प केहि नभएको नागरिकको गुनासो छ । 
    बन्गाडकुपिण्डेको वडा ५ अन्तर्गत राउँचे लाटुगैरेमा निर्माण सम्पन्न भईसकेको नेपाल टेलिकमको टावरको क्षमता भार कम भएकोले साविक मुलखोलाकै सवै भुभागमा तथा क्षेत्रका स्थानीयले भरपर्दो सञ्चार सेवाबाट वञ्चित भएका छन् । 
     सिम्ता सुर्खेतको काप्रिचौर, गुमिचुला र बन्गाड कुपिण्डेको तारुपरे लेकमा रहेका नेपाल टेलीकमका टावरले तल वेसितीरका वस्तीहरुमा कति पनि काम नगरेको नागरिकको ठुलो गुनासो रहेको छ । उत्त टावरले वर्षेनी भरपर्दो सञ्चार सुविधा नदिएको सिम्ता गाउँ पालीका र बन्गाड कुपिण्डे नगरका स्थानीयको भनाई रहेको छ ।
     बन्गाडको केही स्थानीय वजार र वडाहरु अहिले पनि पुर्ण रुपमा सञ्चार सेवा विहीन अवस्थामा रहेका छन् । बन्गाड  कुपिण्डेको वडा १, २, ३, ४, ५, ८, १०, ११ र १२ का केहि वस्ती लगाएत स्थानीय बजारहरुमा उक्त समस्या रहेको  छ । 
    नगरप्रमुख गोविन्द कुमार पुनले नगरको केन्द्र देवस्थल र सल्लीवजार आसपासको क्षेत्रको लागि देवस्थलको राताडाँडामा नेपाल टेलिकमको टावर निमार्णको लागि छिटै काम सञ्चालन हुने जनाएका छन । 
 

प्रतिकृया दिनुहोस

कर्णाली सरकारले किसानलाई नायक नायिका बनाएर पुरुस्कार दिनुपर्छः मन्त्री केसी

अनलाइन तहल्का  पुस ३०, सल्यान । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेशमा कृषक नायक

बन्गाडकुपिण्डेको केन्द्रमै फोनमा समस्या, नगरप्रमुखको कुरा यस्तो छ

दुर्गा वि.सी., अनलाइन तहल्का  पौष २५, सल्यान ।      बन्गाडकुपिण्डे नगरपालीकाको केन्द्रमै भरपर्दो सञ्चार सुविधा नहुदाँ नागरिकले दुख पाएका छन् ।

सल्यानमा यसकारण दिनभर विद्युत बन्द हुने

अनलाइन तहल्का पौष २५, सल्यान ।  सल्यानमा भोलिदेखि ३ दिन सम्म दिनैभरी विद्युत बन्द हुने भएको छ ।      सितलपाटी सवस्टेशन संचालन गर्न तुल्सीपुर