Close This

कर्णाली सरकारले किसानलाई नायक नायिका बनाएर पुरुस्कार दिनुपर्छः मन्त्री केसी

अनलाइन तहल्का 
पुस ३०, सल्यान ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेशमा कृषक नायक नायिका बनाउनु पर्ने बताएकी छन् ।
आइतबार नेपाल पत्रकार महासंघ सल्यानले सदरमुकाम खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कृषकलाई प्रोत्सानको लागी कर्णाली प्रदेशमा एक कृषक नायक र एक नायिका घोषणा गर्नुपर्ने आवश्यक भएको बताइन् । प्रदेशभरी सबैभन्दा उत्कृष्ट कृषी पेसा गर्ने किसानलाई छनोट गरेर नायक नायिकाको पुरुस्कार दिनुपर्ने उनको भनाई थियो ।
    कर्णाली प्रदेशको बेरोजगारीलाई घटाउन लगानीमा आधारित प्रोत्साहन अनुदान वितरण, गरिव लक्षित हातेमालो कार्यक्रम जस्ता कार्यक्रम समेत ल्याएको मन्त्री केसीको भनाई छ । परिणाममुखी बजेट बनाई लक्षित किसानसम्म कार्यक्रम पु¥याउन सबै लागि पर्नु पर्नेमा जोड दिइन, साना र छरिएका कार्यक्रमबाट किसानलाई जीवनयापनमा खासै परिवर्तन ल्याउन नसक्ने भएकाले ठुलो परिणाम देखिने खालको योजना निमार्ण गरी बजेट विनियोजन गरिएको मन्त्री केसीले बताइन् ।
कृषिलाई सम्मान गर्ने संस्कारको कमी भएका कारण युवाहरु कृषि तर्फ आर्क्षित हुन नसकेको उनको भनाई छ । उनले भनिन– “वैदेशिक रोजगारीमा गएर तत्लो स्तरको काम गर्न पनि तयार हुने तर स्वदेशमा कृषि गर्न लाज मान्ने ंप्रवृति हुनु भनेको कृषिलाई सम्मानित पेशा र पुरानो सस्कार हावी हुनु हो ।”
गत आर्थिक वर्ष कर्णाली प्रदेशले भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता दिएको बताइन । कर्णाली धेरै क्षेत्रमा भौतिक पुर्वधार पुग्न अझै केही समय लाग्ने भएकाले भौतिक पुर्वाधारलाई पहिलो प्राथमिकतामा राख्नु परेको उनको भनाई छ ।
कर्णलीको गरिबी बेचेर खाने अधिकार कसैलाई नभएको समेत उनले बताएकी छन् । उनले बिगतमा कर्णालीका जनताको नाममा गरिबी बेचेर धेरैले खाएको बताउदैँ अब भने कर्णालीको गरिबी बेच्ने अधिकार कसैलाई नभएको बताइन् । “कर्णालीमा गरिबी छ, यहाँका जनता गरिब छन्, बेरोजगारीहरु पनि धेरै छन”– उनले भनिन्– “तर बिगतमा जसरी कर्णालीको गरिबी बेचेर अब खान पाईदैन् ।”
उनले कर्णाली प्रदेश सरकार सभ्य र बिकसित कर्णाली बनाउनको लागी अगाडी बढेको बताइन् । उनले भनिन्— “कर्णालीमा थुप्रै समस्या छन्, भौगोलिक बिकटता छ, चुनौती पनि त्यति कै छ, हामी बिभिन्न अबरोधहरुलाई पार लगाउदैँ बिकसित कर्णाली बनाउने अभियानमा जुटेका छौँ ।”
उनले हरेक क्षेत्रको विकासमा डुब्लीकेशन नहुने गरेर काम गर्ने बताइन् । “केन्द्र सरकारले ठूला आयोजनाहरु सञ्चालन गर्छ, प्रदेश सरकारले मझौला योजनाहरु सञ्चालन गर्छ, स्थानिय सरकारले साना योजनाहरु सञ्चालन गर्छ”– उनले भनिन्– “हामीले बिकास निर्माणका योजनाहरुलाई डुब्लीकेशन हुन दिन्नौँ, यस बिषयमा कर्णाली प्रदेश सचेत छ ।”
कार्यक्रममा सहभागी पत्रकारबाट उठेका कुराहरूमा वरिष्ट कृषि विकास अधिकृत अमरराज शर्मा घिमिरेले धारणा राख्दै नितिगत समस्याहरू सम्बन्धीत निकायबाट हल हुने भन्दै कार्यक्षेत्रमा देखिएका समस्याका विषयमा अझै सजिलो बनाउन लाग्ने बताएका थिए ।
कार्यक्रममा जिल्लाको बालि विमा तथा कृषी समस्या विषयमा खाद्य अधिकार संञ्जालको तर्फबाट अध्यक्ष दिपेन्द्र शाहीले ज्ञापनपत्र पेश गरेका थिए ।  
नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष प्रगती गिरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलन कार्यक्रमको स्वागत मन्तव्य जिल्ला कार्य समिती सदस्य सरिता चलाउनेले राखेकी थिइन् भने संचालन कोषाअध्यक्ष योगराज विकले गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

ग्लोबल आइएमई लघुबित्त बित्तीय संस्थाद्वारा एक दिने व्यवसायीक बाख्रा पालन तालिम सम्पन्न

अनलाइन तहल्का  माघ २०, सल्यान  सल्यानको सिद्ध कुमाख गाउँपालिका ३ मा रहेको ग्लोबल आइएमई लघुबित्त बित्तीय संस्थाले व्यवसायीक बाख्रा पालन एक दिने

सल्यान कपुरकोटका किसानलाई बन्दा र काउली खेती गर्दा घाटा नहुने

सन्तोष घर्ती अनलाइन तहल्का माघ,१७ सल्यान सल्यानको कपुरकोट गाउँपालिकामा ब्यबसायिक रुपमा बन्दा र काउली खेती गर्ने किसानलाई घाटा नहुने भएको छ ।

कपुरकोट गाउँपालिकाले गर्यो उत्कृष्ट किसान र कर्मचारीलाई सम्मान

सन्तोष घर्ती अनलाइन तहल्का  माघ,१६ सल्यान   सल्यानको कपुरकोट गाउँपालिकाले ब्यबसायिक रुपमा खेती गर्ने उत्कृष्ट कृषक र पशुपालन गर्ने किसानलाई