ओली जी समुन्द्रमा कहिले चल्छ हाम्रै रेल, ग्यास पाइपलाइन बनाए हजुरका कामदार प्रचण्डले ? 

    कुनैपनि मान्छेका सपना हुन्छन । कुनैका सपना साना होलान त कुनैका ठुला । सपना देख्नेहरु प्रगति गर्छन । तर सपना देखाउनेहरु आशामा बाचेकालाई सपना पुरा नगरिदिएर सिध्याउने गर्छन ।     
    आफ्ना सपना पुरा गर्न अरुलाई पनि सपना देखाएकाहरु सत्तामा पुग्दा भुल्ने हाम्रो देशमा यो पंक्तिकार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा गर्दैछ । देशको कार्यकारी प्रमुख ओलीका विषयमा लेखिरहदा उनका समर्थकले मलाई गालि गर्नु सामान्य मान्दै बाँडेका आश्वासन र देखाएका सपना पुरा गर्नेदिन कहिले आउने हो ? भनेर प्रश्न सोधिरहेछु ।  
    देशमा गणतन्त्र छ मात्रै गणतन्त्र हो र तपाइहरुकै भाषामा भन्ने हो भने संघिय गणतन्त्र । हजुर त संघिय सरकारको ठुलो मान्छे कार्यकारी प्रधानमन्त्री बन्नलाई सपना देख्नु भो नानाभाँती कुरा भन्दै जनतालाई पनि सपना देखाइदिनु भो तर तपाईले देखाएका सपना कसरी पुरा हुदैछन ? भारत र चिनको गुलाम गरेर ? 
    भन्नुस महामहिम ज्यु भुकम्पपिडित जनताले सुरक्षित आवास कहिले पाउछन ?, सिंहदरबार गाउमा पठाउनु भो जनताले तपाइले दिने सुविधा खास कहिले पाउछन ?, एउटा किसानले एउटा सिफारिसका लागि एक हजार तिर्ने कानुन किन बन्यो ?, पाइपलाइनबाट ग्यास पाउने कहिले ?, अनि तपाईले भनेको रेल कहिले चल्छ ?, त्यसै पानी जहाजको सपना बाँडिदिने ? जोक गरेर देश चल्छ ? यदि जोक गरेर देश चल्ने भए जोकर ल्याएर कार्यकारी प्रमुख बनाए भैगो नी ।     कार्यकारी प्रमुख बन्नलाई जनतालाई बाँडेका सपनाहरु पुरा कहिले हुन्छ ? दलित, जनजाती, महिला भएकै कारण हुने विभेद सरकारी तहबाटै किन हटेन ? अनी तपाई मजाकमै व्यस्त ।   
    तपाइ र तपाईका समर्थकहरु राजनीतिक समस्या समाधान भए भनेर कराइरहदा जनयुद्धले उठान गरेका मुद्धा समाधान भए त ? शान्ती सम्झौताको कार्यान्यन भयो त ? जनयुद्धले उठाएको व्यवस्थामाथीको प्रश्न र गाउमा छरेको चेतना गणतन्त्र स्थापनाको मुख्य विषयबस्तु हो भनेर किन भन्न नसक्ने ? अरुलाई गुच्छाखेल्ने उमेरको देख्ने तपाइले के गुच्छाखेल्ने उमेरमा आफैले पड्काएको बम र बन्दुकको परिभाषा खोज्न पर्दैन । पञ्चायत, राणा, काग्रेशका विरुद्ध आफुले कसैका शिर छेदन गर्दा आफु क्रान्तकारी बन्ने बाध्यात्मक परिस्थिती थियो भनेर पन्छिन र उम्किन छुट छ तपाई र तपाईका कामदार प्रचण्डलाई ? 
जनयुद्ध र यसका एजेण्डा पुरा भएका छैनन भन्ने आवाज विप्लवले उठाउदा गलत सम्झने आफु विद्रोहको अधिकार प्रयोग गरी सत्तामा पुग्ने अनी त्यहि अधिकार जुनसुकै नागरिकले उठान गर्दा देशद्रोही अनि अराष्ट्रिय भनेर आरोप लगाउने ? 
    एउटा प्रचण्डलाई एउटै कम्पनीमा राखेर उनि र आसेपासेको व्यवस्थापन गर्दै पुरानै काममा लगाउन पाएकोमा गर्व गर्न थालेमा हजुर सकिने दिन गन्न थाल्नुपर्छ महासय । जनयुद्धको आन्दोलनका एजेण्डा अहिले जुन रुपमा समाधान गर्ने बाटोमा हुनुभयो नी हजुर ती एजेन्डा राजनीतिक एजेन्डा हुन अहिलेको जस्तो प्रक्रियाबाट समाधान हुन सक्दैनन पुरै समाधान खोजिएन भने कुनै दिन जवरजस्त उठ्छन । जनयुद्धका मुद्धा उठान गर्नेहरुसंग निहु खोज्नु भनेको राजनीतिमा भुल गर्नु हो । तपाई कार्यकारी प्रमुख हुनुभो भन्दैमा खुट्टा ताछेर जुत्ता मिलाउने कुरा संग जनता सहमत हुने ? 
    त्यो कुरा त सिद्धान्त नै बेचेका तपाईका एसम्यान प्रचण्ड गर्लान तर जनता र जनताको मुद्धा बोक्नेहरु नेताले जे भन्यो त्यो गर्न सक्दैनन । तपाई त सरकारको प्रमुख भैहाल्नु भो कहिले भारत पुगेर नाकाबन्दिका बेला राष्ट्रवादी देखिन गरेका क्रियाकलापको माफि माग्नुहोला र कहिले चिन पुगेर मैले यसो गरे उसो गरे भनेर टिभि र रेडियोमा बोल्ने गर्नुहोला । भुकम्प पिडितका घर, ग्यासको पाइपलाइन, रेल, पानी जहाजका बारेमा सिद्धान्त बेचेपछि मात्रै तपाइले आफ्नै नेपाल कम्युनिष्ट पार्टी अन्डरलाइन नामक कम्पनीमा राखेका प्राविधिक मान्छे प्रचण्डलाई सोध्न मन छ । केपीले भनेको काम कति भो ? भनेर ।

नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद अनलाइन तहल्का डटकमका सम्पादक हुन ।
 

प्रतिकृया दिनुहोस

“सेर हो त्यो मेयर, त्यो सेर संग लड्ने को अर्को सेर पत्रकार जागेछ” भन्दा गर्व लाग्यो ?

-डिल्लीराज रावत      सल्यानका पत्रकार दिपसागर भण्डारीले कुन कुरा गर्नुभयो मेयरसंग त्यो उहाँलाइ नै थाहा होला । बागचौर नगरपालिकाले

जनयुद्धमा लागेको कारण १८ महिना खाल्डोमा, भाग्‍दा पाँच महिनाको बच्‍चा खस्यो (बविताको संघर्षको गाथा)

-भौतिक मल्ल  प्रहरीले कालिकोटको मुम्राको लेखबाट उनीसहित उनका साथीहरुलाई लखेटयो । दौडदा दौडदा पेटमा भएको ५ महिनाको बच्चा समेत खस्यो । पुलिसको

दबाब दिएर पैसा असुलेको एकजना मात्र मान्छे सरकारले अगाडि खडा गर्न सक्छ ? : प्रकाण्ड

तपाईंको हिरासत बसाइ कस्तो छ ? बसाइको अवस्था त हिरासतकै छ । तपाईं पूर्वमन्त्री भएकाले पनि यो प्रश्न गरेको । हिरासतकै भन्नाले कस्तो ? राज्य निकै कमजोर