थाइल्यान्डको गुफामा थुनिएका सबैको उद्धार 

अनलाइन तहल्का
असार २७, काठमान्डौं । 
    थाइल्यान्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबैजनाको उद्धार गरिएको थाइल्यान्डको नौसैनिक एक एकाइले जनाएको छ । 
    फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक १८ दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए । उनीहरु सबैलाई मंगलबारसम्म उद्धार गरिएको नौसैनिकले आफ्नो फेसबुक पेजमा जनाएको हो । नौसैनिक स्रोतले दिएको जानकारीअनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरिएको छ । 
    यद्यपि, लामो समयदेखि गुफामा रहँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुनसक्ने भन्दै अस्पताल भर्ना गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले खबर लेखेका छन् । 
 

प्रतिकृया दिनुहोस

मंगलबारदेखि शुरू भएको हेलिकोप्टर प्रतियोगितामा ३७ पाइलटको सहभागिता

बेलारुस। बेलारुसको राजधानी मिन्स्कमा मङ्गलबारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना

अमेरिका–इरानको सम्बन्ध थप तनावपूर्ण, यस्तो छ ट्रम्प र रुहानीको चेतावनी

काठमाडौं, साउन ७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति हसन रुहानीले शत्रुतापूर्ण चेतावनी दिएपछि दुई मुलुकको सम्बन्धमा थप तनाव

अमेरिकालाई आप्रवासीको शिविर बन्न दिइने छैन स् ट्रम्प

वासिंटन, असार ५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकालाई आप्रवासीको शिविर बन्न नदिने बताएका छन् । राष्ट्रपति ट्रम्पले युरोपलगायतका अरु