सल्यानकाे बागचाैरमा गणेश डाँगी गगनले गरे एकल रचना बाचन

पुष्पा रिजन डि.सी.
असार २९, सल्यान ।

बागचाैर नगर साहित्य परिषद्ले संचालन गरेकाे नियमित मासिक एकल रचना बाचनमा याे पटक गणेश डाँगी (गगन) का रचनाहरु बाचन भएका छन् ।

बागचाैर नगर साहित्य परिषद्काे अायाेजनामा भएकाे छैटौं साहित्य श्रृङखला कार्यक्रम अन्तरगत शुक्रबार बागचाैरकाे सहिद पार्कमा भएकाे रचना बाचन कार्यक्रममा सल्यानि गजलकार, सञ्चारकर्मि एवम् गायक गगनका दुई दर्जन भन्दा बढि रचना बाचन भएका हुन् । कार्यक्रमका श्रष्टा गगनले अाफ्ना विभिन्न गजलहरु एवम् गीत पनि सुनाएर उपस्थित सबैलाई मनाेरञ्जन दिलाएका थिए ।

कार्यक्रमकाे प्रमुख अतिथि बागचाैर नगरपालिका नगर प्रमुख लाेकमान बुढाथोकी, विशिष्ट अतिथि उप-प्रमुख कल्पना पुन र अतिथि बागचाैर नगर साहित्य परिषद्का संरक्षक एवम् सल्लाहकार पुर्ण भण्डारी (पंकज)काे रहेकाे थियाे।

दिउँसो २ बजे देखि सुरु हुने भनेकाे उक्त कार्यक्रम माैसमकाे खराबीका कारणले ४ बजे देखि सुरु गरिएकाे थियाे । कार्यक्रमकाे समीक्षा परिषद्का सल्लाहकार पंकजले गरेका थिए । परिषद्काे मासिक एकल रचना वाचन कार्यक्रम र २०५ अाै भानु जयन्तीकाे अवसर पनि सँगै भएकाे हुदा त्याे अबसरमा खुला रचना बाचन कार्यक्रम पनि राखिएको थियाे ।

कार्यक्रममा ७० भन्दा बढि बुद्धिजीवी, जनप्रतिनिधि, पत्रकार, विद्यार्थीहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे । एकल रचना बाचन कार्यक्रम पश्चात खुला रचना बाचन कार्यक्रममा करिब ९/१० जना भन्दा बढि साहित्य अनुरागिहरुले अा-अाफ्ना रचना बाचन गरेका थिए ।  परिषद्का अध्यक्ष इन्द्र भण्डारी (अंकित) सभाअध्यक्षता बाट सुरु भएकाे कार्यक्रमकाे सहजिकरण परिषद्का सचिव तारादेव शर्मा (प्रर्दश) ले गरेका थिए ।

प्रतिकृया दिनुहोस

कपुरकोट सास्कृतीक फेस्टीबल सम्पन्न, दोहोरीमा प्रतिष्ठान, उत्कृष्ट बन्यो रेडियो जागरण

अनलाइन तहल्का  असोज २९, सल्यान ।     सल्यान कपुरकोटमा आयोजित सामुदायिक रेडियो कप लोक दोहोरी प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गित गित

दशैका अवसरमा खैरावाङ, अनि खैरावाङ के हो बुझौं । (स्थलगत भिडियो) 

रेडियो तहल्काका स्टेशन म्यानेजर तथा अनलाइन तहल्काका सम्पादक डिल्लीराज रावत आज खैरावाङमा पुगेर त्यहाँका अध्यक्ष  छवि कुमार शर्मासंग कुरा गरेका छन ।

सल्यानको बागचौरमा अँकितले गरे रचना बाचन, सयौको सहभागिता 

पुष्पा रिजन डिसी, अनलाइन तहल्का आश्विन २६, सल्यान ।     सल्यानको बागचौर नगर साहित्य परिषद्ले नियमित रूपमा गर्दै आएको मासिक एकल रचना वाचन अन्तर्गतको