जनपक्षिय मिडिया बनाऔं संचारको एकाधिकार तोडिन्छ

– डिल्लीराज रावत 
    प्रविधिको विकासले समाज जसरी परिवर्तन गरेको छ त्यससंग सूचना पनि जोडिएको छ । सिङ्गो समाज नै गाउमा परिणत भएको यो बेला विश्वको जुनसुकै कुनामा रहेको मान्छेले आफुसंग भएको सिप, कला, चहाना, सोचाई, बुझाई विश्वभर फैलाउन सक्छ ।     सूचनाको पहुच बढाएको प्रविधिको कारण हो जसले बाधाका रुपमा आएका केहि सिमाहरु भत्काएर सूचना माथिको एकाधिकार तोडिदिएको छ । हरेक मान्छेहरु प्राकृतिक रुपमा समान हुन उनको आफ्नै गरिमा हुन्छ । मान्छेका सोचाई र उनिहरुका क्रियाकलापका कारण हुने परिणाम पनि फरक फरक हुन्छन । सोचाई नै विचारको अघिल्लो रुप हो भन्दा अझ सजिलो होला । 
    नागरिकले कुनै विचारमा सहमत हुन र असहमत हुन पाउछन । सूचना र प्रविधिले उनहिरुको सोचाईमा पारेको प्रभावलाई हामीले संचार संग तुलना गर्छौ । एउटा मान्छेमा संचार भएका उसका सोच नै बलिया विचार भएर समाज परिवर्तनमा भूमिका खेल्न पनि सक्छन र समाजलाई पश्चगमनमा पनि लिन सक्छन । मुल कुरा उसमा कुन कुराको संचार भएको छ त्यसमा भर पर्ने कुरा हो । 
    सुचना र प्रविधिका बारेमा जानकार हामी भएका काम त्यो कसरी सम्भव भयो भन्नेमा अनभिज्ञ हुनुहुदैन र अव हुने काममा पनि के हुने हो भनेर अनभिज्ञ भएमा अगाडि बढ्न सक्दैनौ । आफ्ना जिवन भोगाइहरु अरुले सजिलै थाहा पाउने समाजमा रहेका हामी अरुका भोगाइका बारेमा पनि उत्तिकै जानकारी लिन सक्छौं । सूचना र प्रविधिको विकास भएको यो समाजमा बदलिन नसकेका मानव जस्तै राज्य संरचना र राज्यका अन्य प्रणालीहरु पनि बदलिन जरुरी छ । 
    आज कुनै जमानाको राणा शाषण जस्तो स्कुल पढे जनता बाठा भएर हाम्रो विरोध गर्छन र सत्ता कमजोर हुन्छ भनेर पढन नदिएको जस्तो कुनैपनि सूचनामा अंकुश लगाउन खोजेर सम्भव छैन । सुचना भुमण्डलिकरणको अवस्थामा हुदा सुचना नै दिन्न र सूचना नै पाउदैनौ भनेर कसैले बन्देज गर्न खोज्छ भने त्यो उसको मुर्खता हो । अनी अर्को कुरा हरेक मान्छे मिडिया जस्तै भैसकेको हाम्रो समाजमा विचारलाइ राख्न दिन्न भनेर अंकुश लगाउन पनि सकिदैन । 
    हाम्रो समाजमा राम्रो विषयबस्तु दिने मान्छेको फेसबुक नै एउटा सशक्त मिडिया भएर निस्कन सक्छ । एउटा १ हजार प्रति निक्लने पत्रिका भन्दा हजारौ फ्यान भएको पेजमा विचार राख्ने माध्याम हाम्रै अगाडि छ । यसका केहि सिमा त छन तर सहि विचारलाई प्रतिवन्द गर्छु भनेर अवको कुनैपनि शाषक तथा तानाशाहले सम्भव छैन । त्यसकारण अव कुनै हालतमा सूचना घेराभित्र कैद हुदै हुदैन । 
विद्यार्थीलाई सूचना, प्रविधि र संचारको के महत्व छ भन्ने कुराका विषयमा केहि लेख्दा विद्यार्थीले कुन सूचना सहि र कुन सूचना गलत त्यसलाई छुटाउन सक्नुपर्छ । घटना, विचार, समाचार बुझ्ने विद्यार्थीले समाज बुझ्नसक्ने भएकाले यो कुरा सिकाउन अति जरुरी छ । एउटा विद्यार्थी अध्ययनका लागि जति समय लिन्छ यसका अलावा अतिरिक्त क्रियाकलापलाई पनि अध्ययनको घेराभित्र राख्न सक्नुपर्छ । भावनालाई अभिव्यक्त गर्नसक्ने एउटा बालक भोलिको राष्ट्र चिनाउने अब्बल हुनसक्ने भएकाले अभ्यासका लागि पनि उसले मिडियाको प्रयोग गर्न जरुरी देखिन्छ । आज एउटा फोन इन कार्यक्रमबाट मिडियासंग जोडिएर रेडियोमा ५ मिनेटमा खररर कविता भन्नसक्ने, पत्रिकामा श्रृजना पठाउन सक्ने विद्यार्थी उसले खेल्ने जस्तै केहि समयको अभ्यासका कारण नेता, अभिनेता, कलाकार बन्नसक्न । हामीले यसलाई पनि उसको कक्षा अर्थात सिकाई संग जोड्न सक्नुपर्छ । संचार तथा सूचना प्रविधिको विकासका जति कुरा गरेपनि त्यसका नकारात्मक कुराहरुले हाम्रा बालबालिकालाई छोएका पनि छन । एउटा बालक आफ्नो सबै समय मोवाइलमा झुन्डिनु, सामाजिक संजालको प्रयोग गरी अनावश्यक समय खर्चनु यसका बाधक पनि हुन । 
    १५ बर्ष अघि रेडियोमा कसरी बोल्छन होला, हाम्रो रेडियोमा कसरी आउछ होला भन्नेहरुको भन्दा आजका बालबालिकाको स्तर केहि कदम उठेको पक्कै छ तर त्यसलाई व्यवस्थित बनाउन जरुरी छ । यति भनिरहदा म २०५७ सालमा एउटा कविता रेडियो नेपालको विम्ब प्रतिविम्बमा प्रशारण हुदा यति प्रफुल्लित थिए कि जसको सिमा छैन । त्यस्तै ६३ सालमा भर्खर एसएलसी दिएर सुर्खेत भ्यालीमा रहेको एउटा पिसिओबाट रेडियो नेपालको लोक मञ्जरीमा फोन गरेर गीत गाउने मेरो बाल मानसिकताले अहिलेको जस्तो बाल कार्यक्रममा फोन गर्ने कक्षा २ मा पढ्दै गरेका बालकसंग दाज्छु आकास जमिनको फरक पाउछु । चाहे सानोमा रेडियो भित्रका मान्छे कस्ता हुन्छन भनेर रेडियो फुटाएको क्षण या रेडियोको व्याट्री तानेर फोडेको क्षण ति सबै उत्सुकता वा सिक्ने क्षणहरु नै हुन । हिजोका दिनहरु भन्दा आजका बालबालिका प्रविधिमा अति नजिक भएका छन । त्यसकारण सूचना, संचार तथा प्रविधिलाई शिक्षासंग जोड्न जरुरी छ ।   
संचार माध्यामलाई आवाज विहिनको आवाज भनिएपनि अहिलेको पत्रकारीता आवाज हुनेहरुको लागि मात्रै सावित भएको छ । गफाडिले दिएको गफपनि समाचारमा आउछ तर कुरा राख्न नसक्नेको कुरा आउन नसकने अवस्था छ । भएका गफ पनि पत्रकारीतामा नभएका गफ पनि पत्रकारीतामा छन । यीनले समाज परिवर्तनमा भुमिका खेल्न सक्दैनन् । बोल्न सक्नेहरुका समाचार संकलनका लागि पत्रकार पछिपछि कुदिरहेका भएपनि बोल्न नसक्नेका आवाज ल्याउन नसकिरहेको पत्रकारीतामा हुने ठुलो गुनासो भएको छ ।  
अव प्रसंग पत्रकारीता तिर लिऔं, सूचनाकै कुरा गर्दा पत्रकारीतालाई एउटा संचारको व्यवस्थित पाटोको रुपमा लिने गरिन्छ । पत्रकारीतामा एउटा ठुलो बहस छ यसले कसको सेवा गर्छ र आवाज बोक्छ भन्ने प्रश्न अहिले हाम्रा सामु खडा भएको छ । सैद्धान्तिक परिभाषा त प्रष्ट छ यो नागरिकको आवाज हो अनि नागरिककै सेवा गर्छ र कमजोर जनताको आवाज हो अझ भनौ आवाज विहिनको आवाज हो । 
राज्यका प्रभावशाली तिन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका कै खबरदारी गर्ने अर्को प्रभावशाली अंग पत्रकारीता हुन्छ । पत्रकारीता सामाजिक परिवर्तनको हतियार भएर शक्तिको मनपरि र खरावी रोक्दै नागरिकलाई बलियो बनाउने हुनुपर्छ ।  
तर, व्यवहारमा आजको मिडियामा पत्रकारले के दिइरहेको छ ?, यो प्रश्न हामी सामु छर्लङ्ग देखिएको छ । दिनभरीका अखबार हेरेर पाठकले के पाउने ?, टिभि हेरेर के लिने ?, रेडियो सुनेर के सिक्ने ?, अनलाइनका सामाग्री पढेर के बुझ्ने ? यी प्रश्नहरु हामीमाझ ज्युदा छन । मिडियामा हावी भएको व्यापारले विषयबस्तुमा पारेको संकिर्णकालाई पत्रकारले जव चिर्न सक्दैन तवसम्म हामीले भनेको जस्तो पत्रकारीता सम्भव छैन । पत्रकारीता सिमित शक्ति, सत्ता र व्यवसायीक व्यक्तिको भजनमण्डली भएमा त्यसले जनताको मुद्धा बोक्न सक्दैन । 
    यहाँ प्रश्न के छ भने जनताका लागि अनिवार्य प्रदान गर्नुपर्ने कुनै कार्यक्रमका लागि सरकारले जनतामा गर्ने लगानीसंग मिडियाको स्वार्थलाई जोडेर जुन गतिविधि गर्न थालन्छि अनी त्यहाँ स्वच्छ पत्रकारीताका आशा गर्न सकिदैन । आज मिडिया मालिकले उसको राजनीतिक स्वार्थ वा व्यवसायीक स्वार्थ पुरा गर्ने सम्पादक राखेर समाजलाई आफुसंग डुलाइरहेको बेला समाचार कक्षमा पनि अन्य शक्ति नै हावी भएको देखिन्छ । बलियाको गुणगान गाएर आफुलाई टिकाएर व्यवसाय बढाउने अभियानमा लागेका मिडिया मालिकबाट मिडियाकर्मी जव बाहिर आउदैन पत्रकारीतालाई आवाज विहिनको आवाज बनाउन सकिदैन । 
    पत्रकार निस्पक्ष हुनुपर्छ भनेर भन्ने तर मानिसको इतिहास नै विर्सिएर संघर्ष नगर्ने कुरा समाजलाई पश्चगमन तिर धकेल्ने कुरा हो । आदिमकालदेखि आज सम्म जति छ सबै इतिहास मान्छेको संघर्षको इतिहास हो । हिजो प्रकृतिसंग जुधेको मानिस आज राजनीतिक अधिकारका लागि संघर्षरत छ । सामाजिक र राजनीतिक प्राणिको रुपमा अस्तित्व राख्नलाई पत्रकार मात्रै हैन जो कोहि पनि संघर्षमा छ । त्यसकारण संघर्ष शास्वत कुरा हो । पत्रकार पनि समाजको सदस्य तथा पेशाकर्मी भएका कारण पनि समाजका आन्दोलनबाट टाढा रहन सक्दैन । आफ्नो जिवन र पेशाको समृद्धिका लागि संचारकर्मीले आन्दोलन गर्छ । एकातिर पत्रकारीतालाई आवाजविहिन आम जनताको आवाज बनाउनुपर्ने अर्कातिर श्रमजिविको अधिकारको संरक्षण गर्नुपर्ने त्यसमा पत्रकारला आन्दोलित हुनु कुनै नौलो कुरा हैन ।
    जनताको पक्षमा गरिने पत्रकारिताले नागरिकलाई बलियो बनाएर राज्यले गर्ने मनपरि रोक्नुपर्छ । प्रेस बलियो भएमा सरकार र राज्यका संरचना जिम्मेवार भएर लाग्छन । पत्रकारीता समाजको सकारात्मक परिवर्तका लागि गर्नुपर्छ । जनपक्षिय पत्रकारीता मार्फत जनपक्षिय मिडिया बनाउन जरुरी छ । 

एक दशक देखि पत्रकारीता गरिरहेका रावत रेडियो तहल्का ९१.९ का प्रमुख तथा नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद हुन । 
 

प्रतिकृया दिनुहोस

को पत्रकार ? कस्तो पत्रकारिता ?

–भुपेन्द्र वली शुरुवात आफैबाट गर्छू — विकट स्थानमा जन्मे । हुर्कदा युद्धकाल थियो । शहरबाट गाउँ तिर मान्छे त जाँदैनथिए भने पत्रिका जाने कुरै थिएन ।

रिहा भएपछि असलको पहिलो लेख 'राज्य आतङ्क र क्रान्तिकारीको दायित्व'

-चन्द्र वहादुर खड्का (असल) जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ । जनताले राज्यले अङ्गिकार गर्ने कदमको सचेततापूर्वक प्रतिक्रिया दिन्छन् । राज्यले

विकासका पूर्वाधारहरू खडा गरेका छौँ भन्दै दार्मा अध्यक्ष अरुण भन्छन तिर्न नसक्ने गरि कर बढेको छैन

कर्णाली प्रदेशको सल्यान जिल्लामा रहेको दार्मा गाउँपालिका प्राकृतिक हिसाबले निकै रमणीय गाउँपालिका हो। प्राकृतिक रूपमा भरिपूर्ण यो गाउँपालिका