रोनाल्डोभन्दा महंगो मूल्यका एनगोलो कान्टे बेचिदैं

अनलाइन तहल्का,

साउन ७ 

इङ्लिस क्लब चेल्सीले फ्रेन्च मिडफिल्डर एनगोलो कान्टेलाई ११० मिलियन युरोमा बिक्री गर्ने तयारी गरेको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जान लागेका मिडफिल्डर कान्टेमाथि चेल्सीले ११० मिलियन युरोको प्रस्ताव अघि सारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पिएसजीले कान्टे भित्र्याउने विषयमा चेल्सीसँग वार्ता गरिरहेको छ। फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पेले कान्टेलाई क्लबमा भित्र्याउने पहल थालेका थिए। कान्टेलाई भित्र्याउने तयारीसँगै पिएसजीले अर्जेन्टिनाका एञ्जल डि मारिया र गोन्सालो गुइडेसलाई बेच्ने तयारी पनि थालेको छ।

यदि चेल्सीले राखेको मूल्यमा कान्टे पिएसजी भित्रिए उनका लागि खर्चिएको रकम क्रिस्टियानो रोनाल्डोभन्दा महंगो हुनेछ। रियल म्याड्रिडले ९९ मिलियन युरोमा रोनाल्डोलाई युभेन्ट्समा बेचेको थियो। क्रिस्टियानो रोनाल्डोलाई बेचेपछि रियल म्याड्रिड हजार्डलाई आफ्नो क्लबमा भित्र्याउने अभियान थालेको छ।

प्रतिकृया दिनुहोस

एक्काइस खेलाडिको रोकिएको दुई वर्षको तलब आइसिसीले पठायो

अनलाइन तहल्का अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ ।नेपाल क्रिकेट सङ्घ (क्यान)

प्रिमियर लिग एभर्टनलाई २ गोलले हराउदै लिभरपुलको स्थानमा उक्लियो म्यानचेस्टर सिटि

अनलाइन तहल्का माघ २४, एजेन्सी ।   प्रिमियर लिगमा एभर्टनको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटिले एभर्टनलाई २(०ले पराजित गर्दै अंक तालिकाको

खेल राष्ट्रको साझा सम्पत्ती होः नगरप्रमुख बुढाथोकी 

दिपसागर भण्डारी, अनलाइन तहल्का  माघ २०, सल्यान । बागचौर नगरपालिका वडानं.१ को प्रथम वडाध्यक्षकप खेलकुद प्रतियोगिता शनिवार देखी शुरु भएको छ । खेलकुद