निर्माण गर्नेको निम्ती सरकार पनि गम्भिर छ ः विष्ट  

मिना खड्का, अनलाइन तहल्का 
साउन १०, सल्यान । 
    जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर विष्टले सम्पुर्ण निर्माणको निम्ती सरकार गम्भिर भएर लाग्नुपर्ने बताएका छन । देश विकासमा प्रत्यक्ष निर्माणको काममा लाग्ने व्यक्तिको हितमा सबै गम्भिर बन्न अनुरोध गरेका हुन ।
    नेपाल हेवी इकुमेन्ट अपरेटर संघ सल्यानको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाइ सम्बोधनका क्रममा उनले व्यवसायीपनि जिम्मेवार भएर आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताउदै अपरेटहरुले बनाएका बाटोहरुको सरकारले पनि निगरानी गर्दै काम गर्नुपर्ने बताएका हुन ।
कार्यक्रमलाइ सम्बोधन गर्दै शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले हेभि इकुमेन्ट अपरेटरहरुको निम्ती स्थानिय तहले पनि सोचर लाग्ने बताएछन । उनले निर्माणको काममा लाग्ने अपरेटरको मुद्धामा  सरकार प्रतिबद्ध रहने बताएका हुन । 
    कार्यक्रमलाई सम्बोधन गर्दै अपरेटर संघका केन्द्रिय संयोजक लोकमान खत्रीले देशमा भ्रष्टाचार मौलाउदै गएकाले एउटा दक्ष अपरेटरले लाइसेन्स नपायको र एउटा दक्षता नै नभयको व्यक्ति ले घुस दिएर पनि लाईसेन्स प्राप्त गर्ने गरेको बताएका छन । उनले नेपाल हेवी इकुमेन्ट अपरेटर संघ आफनो अधिकार प्राप्ति का लागि जस्तोसुकै परिस्थितिमा पनि ज्यान दिएर लाग्ने बताएका हुन ।  संबिधानमा मजदुरको लागि अधिकारको ब्यबस्था गरीए पनि लागु नभएको तर्फ उनले औल्याएका छन । 
    आज सल्यान श्रीनगर युनाइटेड होटेलमा सञ्चालन भएको कायक्रमको सभापति दामोदर खड्का रहेका थिए । रेशम डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कायक्रमको सञ्चालन रेडियो तहल्काका स्टेशन म्यानेजर डिल्लीराज रावतले गरेका  थिए । अहिले बन्द शत्र जारी छ । 
 

प्रतिकृया दिनुहोस

आज देशका धेरै ठाउंमा बदली र वर्षा हुने मौसमविद्को अनुमान

अनलाइन तहल्का फागुन ३,काठमाण्डौ उपत्यकासहित देशभरीकै मौसम अहिले बदली भएको छ । पश्चिमी वायुको प्रभावले शनिबारसम्म बद्ली र वर्षाको सम्भावना रहेको

मकवानपुरको दामनमा चर्को हिमपात, हिउँ खेल्दै रमाउँदै पर्यटक

अनलाइन तहल्का मकवानपुरको थाहा नगरपालिकास्थित दामन तथा सिमभञ्ज्याङ क्षेत्रमा आज चर्को हिमपात भएको छ । राजधानी काठमाडौँलगायतका क्षेत्रमा तीन

बर्षा निरन्तर, पहिरोले पुरेको सडक बनाउदै यात्रा 

अनलाइन तहल्का  माघ २५, सल्यान ।  लगातारको बर्षाले पहिरो खसेको सडक यात्रुले बनाएर यात्रा गरेका छन । सल्यानको बागचौर नगरपालिकामा पर्ने थारमारे