समाज नेपाल–चीन आवतजावत बन्द

रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ।

ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पुर्‍याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ।  प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकद्वारा आइतबारबाट अध्ययन कार्य शुरु गरिएको छ।

गत शुक्रबारको अविरल वर्षाले घट्टेखोलामा बेजोडसँग पानीको बहाव बढेपछि दक्षिणतर्फको पुलको जग क्षति पुर्‍याएको स्थानीयवासीले बताए।  सवारीसाधन नगुडेपछि भन्सार राजश्वमा दैनिक रु एक करोड घाटा हुन गएको भन्सार कार्यालयले जनाएको छ।

चीन सरकारद्वारा निर्माण गरिएको उक्त पुल क्षतिको स्थानमा सडक विभागका प्रतिनिधिले जगको गहिराइ कति छ चिनियाँ प्राविधिकसँग पनि समन्वय गरी पाँच दिनभित्र गल्छी रसुवागढी राजमार्गको सिधा यातायात सञ्चालन गर्ने लक्ष्य लिएको प्रजिअ पौडेलले बताए।    
 

प्रतिकृया दिनुहोस

बालिकाको मृत्यु भएपछि घटनाले लियो उग्ररुप, विराटचौकबाट बेलेपुरसम्म निषेधाज्ञा जारी

अनलाइन तहल्का ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि मोरङको बिराटचौकमा १० वटा ट्रिपरमा आगजनी भएको छ । आक्रोशित स्थानियहरुले बिराटचौक–बिराटनगर

भान्सा पसेको, चुल्हो र धारा छोएको निहुँमा आक्रमण गर्नेगरी कसले बनायो कथित उपल्लो जात

अनलाइन तहल्का पौष ८, सुर्खेत । चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । आजको अन्नपूर्ण

गर्भवती अवस्थामा नै घर निकाला भइन छ छोरी जन्माएकी झनमाया

अनलाइन तहल्का  पौष ८, जुम्ला ।  छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी