Close This
Close This

चिकित्सा शिक्षा आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न सांसद : मल्लको माग

अनलाइन तहल्का 
साउन १९,काठमाडौ ।

 

प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले चिकित्सा शिक्षा आयोगमा रिक्त रहेका पदाधिकारी तत्काल नियुक्त गरी एमबीबीएससहित चिकित्सा शिक्षाका सम्पूर्ण शैक्षिक प्रक्रिया अविलम्ब अघि बढाउन सरकारसँग माग गरेका छन्।

 

मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद मल्लले चिकित्सा शिक्षा आयोग निर्देशकविहीन हुँदा कलेजहरूको कोटा निर्धारणदेखि प्रवेश परीक्षा सञ्चालनसम्मका काम प्रभावित भएको बताए।

 

उनका अनुसार आयोगले गत असार ११ गते सार्वजनिक गरेको शैक्षिक क्यालेन्डरअनुसार साउनको पहिलो साताभित्र एमबीबीएसलगायत चिकित्सा शिक्षासम्बन्धी १७ वटा शैक्षिक कार्यक्रमका लागि आवेदन आह्वान गरिसक्नुपर्ने भए पनि सरकारले आयोगका पदाधिकारीलाई अध्यादेशमार्फत पदमुक्त गरेपछि नयाँ निर्देशक नियुक्त नगर्दा प्रक्रिया नै रोकिएको छ।

 

सांसद मल्लले हजारौँ विद्यार्थी महिनौँदेखि प्रवेश परीक्षाको तयारीमा रहेको उल्लेख गर्दै गत वर्ष करिब ५८ हजार विद्यार्थी सहभागी भएको परीक्षामा यस वर्ष ६० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने अपेक्षा रहे पनि हालसम्म आवेदनसम्बन्धी सूचनासमेत प्रकाशित हुन नसकेको बताए। यसले विद्यार्थी र अभिभावक दुवै अन्योलमा परेको उनको भनाइ थियो।

 

उनले सरकारले कक्षा १२ को नतिजा प्रकाशनलाई उपलब्धिका रूपमा प्रस्तुत गरे पनि चिकित्सा शिक्षाको प्रवेश परीक्षा भने अनिश्चित बन्दै गएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।

 

सरकारी सेवामा देखिएको ढिलासुस्तीप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। सरकारले पासपोर्ट सेवा सहज बनाउने दाबी गरे पनि नागरिकले लामो लाइनमा बस्नुपरेको, अन्य सरकारी कार्यालयमा पनि सेवाग्राहीको भीड बढिरहेको, खाना पकाउने ग्यास र रासायनिक मलको अभाव कायमै रहेको तथा महँगीले नागरिकलाई सास्ती दिएको उनले उल्लेख गरे।

 

सांसद मल्लले चिकित्सा शिक्षा आयोगमा रिक्त पदाधिकारी तत्काल नियुक्त गरी प्रवेश परीक्षासहित सम्पूर्ण शैक्षिक प्रक्रिया ढिलाइ नगरी अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिकृया दिनुहोस

नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु हुँदै

अनलाइन तहल्का कात्तिक ७,काठमाडौ ।   नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, जनजीविका र सङ्गठन सुदृढीकरणका

सल्यान कांग्रेसको १५औँ महाधिवेशन : ८९.८३ प्रतिशत मतदान

अनलाइन तहल्का  असोज १२, सल्यान ।   नेपाली कांग्रेस सल्यानको १५औँ जिल्ला अधिवेशनअन्तर्गतको मतदान सम्पन्न भएको छ। जिल्ला अधिवेशनमा कुल १ हजार ७९५

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन मंगलबार हुने

अनलाइन तहल्का  असोज १२,सल्यान ।    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार हुने भनिएको निर्वाचन स्थगित भएको छ। स्थगित निर्वाचन

↑