चिकित्सा शिक्षा आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न सांसद : मल्लको माग
अनलाइन तहल्का
साउन १९,काठमाडौ ।
प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले चिकित्सा शिक्षा आयोगमा रिक्त रहेका पदाधिकारी तत्काल नियुक्त गरी एमबीबीएससहित चिकित्सा शिक्षाका सम्पूर्ण शैक्षिक प्रक्रिया अविलम्ब अघि बढाउन सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद मल्लले चिकित्सा शिक्षा आयोग निर्देशकविहीन हुँदा कलेजहरूको कोटा निर्धारणदेखि प्रवेश परीक्षा सञ्चालनसम्मका काम प्रभावित भएको बताए।
उनका अनुसार आयोगले गत असार ११ गते सार्वजनिक गरेको शैक्षिक क्यालेन्डरअनुसार साउनको पहिलो साताभित्र एमबीबीएसलगायत चिकित्सा शिक्षासम्बन्धी १७ वटा शैक्षिक कार्यक्रमका लागि आवेदन आह्वान गरिसक्नुपर्ने भए पनि सरकारले आयोगका पदाधिकारीलाई अध्यादेशमार्फत पदमुक्त गरेपछि नयाँ निर्देशक नियुक्त नगर्दा प्रक्रिया नै रोकिएको छ।
सांसद मल्लले हजारौँ विद्यार्थी महिनौँदेखि प्रवेश परीक्षाको तयारीमा रहेको उल्लेख गर्दै गत वर्ष करिब ५८ हजार विद्यार्थी सहभागी भएको परीक्षामा यस वर्ष ६० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने अपेक्षा रहे पनि हालसम्म आवेदनसम्बन्धी सूचनासमेत प्रकाशित हुन नसकेको बताए। यसले विद्यार्थी र अभिभावक दुवै अन्योलमा परेको उनको भनाइ थियो।
उनले सरकारले कक्षा १२ को नतिजा प्रकाशनलाई उपलब्धिका रूपमा प्रस्तुत गरे पनि चिकित्सा शिक्षाको प्रवेश परीक्षा भने अनिश्चित बन्दै गएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।
सरकारी सेवामा देखिएको ढिलासुस्तीप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे। सरकारले पासपोर्ट सेवा सहज बनाउने दाबी गरे पनि नागरिकले लामो लाइनमा बस्नुपरेको, अन्य सरकारी कार्यालयमा पनि सेवाग्राहीको भीड बढिरहेको, खाना पकाउने ग्यास र रासायनिक मलको अभाव कायमै रहेको तथा महँगीले नागरिकलाई सास्ती दिएको उनले उल्लेख गरे।
सांसद मल्लले चिकित्सा शिक्षा आयोगमा रिक्त पदाधिकारी तत्काल नियुक्त गरी प्रवेश परीक्षासहित सम्पूर्ण शैक्षिक प्रक्रिया ढिलाइ नगरी अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
कर्णाली सरकार भागबन्डामा, नेकपा र एमालेबिच ६ बुदे सहमति
सुर्खेत । कर्णालीमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबिच प्रदेश सरकार भागबन्डा गर्ने सहमति जुटेको छ । दुई पार्टीका प्रदेश संसदीय दलबिच ६
सांसद रमेश कुमार मल्लद्वारा सरकारसँग तीन विषयमा स्पष्ट जवाफ माग
अनलाइन तहल्का भदौ ०२,सल्यान । प्रतिनिधि सभाको शून्य समयमा सांसद रमेश कुमार मल्लले शिक्षा तथा स्वास्थ्यमा लगाइएको कर, सल्यानका तीन पालिकालाई
भेरीमा बेपत्ता दुई युवाको खोजी तीव्र पार्न सांसद मल्लको माग
अनलाइन तहल्का भदौ ०१, सल्यान । सल्यानका दुई युवा जिपसहित भेरी नदीमा बेपत्ता भएको घटनामा खोजी कार्य थप प्रभावकारी बनाउन सांसद रमेश कुमार मल्लले

प्रतिकृया दिनुहोस