Close This
Close This

नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु हुँदै

अनलाइन तहल्का
कात्तिक ७,काठमाडौ ।

 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, जनजीविका र सङ्गठन सुदृढीकरणका मुद्दा अघि सार्दै दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि औपचारिक रूपमा सञ्चालन गर्ने भएको छ।

 

अभियानको उद्घाटन दिउँसो २:३० बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौंमा विशेष पत्रकार सम्मेलनमार्फत गरिने नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । उद्घाटन सत्रलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

 

पार्टीका अनुसार कात्तिक ७ गतेदेखि मङ्सिर २५ गतेसम्म सञ्चालन हुने अभियानलाई राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविकाका सवालको सम्बोधन तथा पार्टी सङ्गठन सुदृढीकरणमा केन्द्रित गरिनेछ।

 

अभियानअन्तर्गत पार्टीका विभिन्न समिति तथा जनवर्गीय र मोर्चा सङ्गठनहरूको समायोजनका बाँकी काम सम्पन्न गर्ने, सङ्गठित सदस्यता नवीकरण तथा विस्तार गर्ने र आन्तरिक बैठक, भेला तथा प्रशिक्षण सञ्चालन गर्ने योजना रहेको छ।

 

त्यसैगरी, जनता र पार्टीबीचको सम्बन्ध थप सुदृढ बनाउन जनकेन्द्रित रचनात्मक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। जनताका माग र दैनिक जनजीविकासँग सम्बन्धित समस्या सङ्कलन गरी सम्बन्धित निकायमा पेस गर्ने र समाधानका लागि पहल गर्ने कार्यक्रमसमेत अभियानमा समेटिएको छ।

 

नेकपाले महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा सुशासनसँग सम्बन्धित सवाललाई पनि अभियानका प्रमुख मुद्दाका रूपमा अघि सारेको छ। राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार र जनजीविकाका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै श्रम तथा जनसेवाका गतिविधि र विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका काममा सहयोग गर्ने योजना बनाएको छ।

 

अभियानकै क्रममा केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र पेस गर्ने कार्यक्रम पनि रहेको जनाइएको छ।

 

यस अभियानमार्फत स्थानीय तह निर्वाचनअघि देशभरका वडा तथा पालिका अधिवेशन सम्पन्न गर्ने लक्ष्यसमेत पार्टीले अघि सारेको छ। सङ्गठन सुदृढीकरणसँगै जनजीविका र सुशासनका मुद्दा लिएर जनतामाझ जाने तथा पार्टीको राजनीतिक र सङ्गठनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउने नेकपाको योजना रहेको छ।

प्रतिकृया दिनुहोस

सल्यान कांग्रेसको १५औँ महाधिवेशन : ८९.८३ प्रतिशत मतदान

अनलाइन तहल्का  असोज १२, सल्यान ।   नेपाली कांग्रेस सल्यानको १५औँ जिल्ला अधिवेशनअन्तर्गतको मतदान सम्पन्न भएको छ। जिल्ला अधिवेशनमा कुल १ हजार ७९५

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन मंगलबार हुने

अनलाइन तहल्का  असोज १२,सल्यान ।    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार हुने भनिएको निर्वाचन स्थगित भएको छ। स्थगित निर्वाचन

कर्णाली सरकार भागबन्डामा, नेकपा र एमालेबिच ६ बुदे सहमति

  सुर्खेत । कर्णालीमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबिच प्रदेश सरकार भागबन्डा गर्ने सहमति जुटेको छ । दुई पार्टीका प्रदेश संसदीय दलबिच ६

↑