पर्यटन श्रमिकको अधिकार सुनिश्चित गर्न सांसद मल्लको माग
अनलाइन तहल्का
साउन २२,सल्यान ।
सांसद रमेश कुमार मल्लले होटल, रेस्टुराँ तथा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको हित र अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद मल्लले होटल तथा पर्यटन क्षेत्र नेपालको रोजगारी र अर्थतन्त्रको महत्वपूर्ण आधार भए पनि यस क्षेत्रमा कार्यरत श्रमिकले रोजगारीको अस्थिरता, न्यून पारिश्रमिक, सामाजिक सुरक्षा तथा श्रम अधिकार कार्यान्वयनमा समस्या भोगिरहेको बताए।
विगत दुई दशकदेखि श्रमिकले पाउँदै आएको सेवा शुल्क सर्वोच्च अदालतको फैसलापछि कानुनी अन्योलमा परेको भन्दै उनले सरकारले बजेटमार्फत सेवा शुल्कसम्बन्धी नयाँ कानुन बनाउने घोषणा गरिसकेको अवस्थामा तत्काल श्रम ऐन संशोधन गरी सेवा शुल्कको स्पष्ट व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।
त्यस्तै, करार तथा श्रमिक आपूर्तिको नाममा स्थायी प्रकृतिको काममा श्रमिक लगाउने, विभेद गर्ने तथा विभिन्न बहानामा रोजगारीबाट हटाउने प्रवृत्तिको अन्त्य गर्न उनले माग गरे।
योगदानमा आधारित सामाजिक सुरक्षा, न्यूनतम पारिश्रमिक, प्रभावकारी श्रम निरीक्षण तथा सामूहिक सौदाबाजीको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै सांसद मल्लले श्रमिकको सम्मान र अधिकार सुनिश्चित नगरी दिगो विकास सम्भव नहुने बताए।
दक्ष जनशक्तिको विदेश पलायन रोक्न श्रमिकको सम्मानजनक रोजगारी र अधिकार सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।
कर्णाली सरकार भागबन्डामा, नेकपा र एमालेबिच ६ बुदे सहमति
सुर्खेत । कर्णालीमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबिच प्रदेश सरकार भागबन्डा गर्ने सहमति जुटेको छ । दुई पार्टीका प्रदेश संसदीय दलबिच ६
सांसद रमेश कुमार मल्लद्वारा सरकारसँग तीन विषयमा स्पष्ट जवाफ माग
अनलाइन तहल्का भदौ ०२,सल्यान । प्रतिनिधि सभाको शून्य समयमा सांसद रमेश कुमार मल्लले शिक्षा तथा स्वास्थ्यमा लगाइएको कर, सल्यानका तीन पालिकालाई
भेरीमा बेपत्ता दुई युवाको खोजी तीव्र पार्न सांसद मल्लको माग
अनलाइन तहल्का भदौ ०१, सल्यान । सल्यानका दुई युवा जिपसहित भेरी नदीमा बेपत्ता भएको घटनामा खोजी कार्य थप प्रभावकारी बनाउन सांसद रमेश कुमार मल्लले

प्रतिकृया दिनुहोस