Close This
Close This

भेरीमा बेपत्ता दुई युवाको खोजी तीव्र पार्न सांसद मल्लको माग

अनलाइन तहल्का
भदौ ०१, सल्यान ।

 

सल्यानका दुई युवा जिपसहित भेरी नदीमा बेपत्ता भएको घटनामा खोजी कार्य थप प्रभावकारी बनाउन सांसद रमेश कुमार मल्लले सरकारको ध्यानाकर्षण गराएका छन्।

 

सोमबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद मल्लले कुमाख गाउँपालिका-५ कालागाउँका २३ वर्षीय हेमराज बुढाथोकी र सिद्धकुमाख गाउँपालिका-४ का २३ वर्षीय भीमबहादुर राना गत बुधबार छिन्चु-जाजरकोट सडकखण्डअन्तर्गत बालुवासङ्ग्रही नजिकै बाङ्गेरहमा भएको दुर्घटनापछि जिपसहित भेरी नदीमा बेपत्ता भएको बताए।

 

प्रहरी, प्रशासन, जनप्रतिनिधि, स्थानीय समुदाय, परिवारजन तथा सञ्चारकर्मीको निरन्तर पहलका साथै सशस्त्र प्रहरी बलका गोताखोर टोलीले समेत खोजी गरे पनि हालसम्म उनीहरूको अवस्था पत्ता लाग्न नसकेको मल्लले बताए।

 

उनले थप जनशक्ति परिचालन, आधुनिक प्रविधिको प्रयोग तथा आवश्यक स्रोतसाधनको अधिकतम परिचालन गरी खोजी कार्यलाई तीव्र र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे।

 

यसैगरी मल्लले वैदेशिक रोजगारीका क्रममा मलेसियामा सवारी दुर्घटनामा परी मृत्यु भएका कुमाख गाउँपालिका-७ जिमालीका रमेश बोहराको शव नेपाल ल्याउन तथा परिवारलाई बीमा, राहत र सामाजिक सुरक्षाका सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।

 

पछिल्लो एक सातामा रोल्पा, जाजरकोटलगायतका जिल्लामा भारी वर्षा, पहिरो तथा प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मल्लले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत, सुरक्षित स्थानान्तरण र पुनःस्थापनाका लागि सरकार गम्भीर बन्नुपर्ने बताए।

प्रतिकृया दिनुहोस

कर्णाली सरकार भागबन्डामा, नेकपा र एमालेबिच ६ बुदे सहमति

  सुर्खेत । कर्णालीमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबिच प्रदेश सरकार भागबन्डा गर्ने सहमति जुटेको छ । दुई पार्टीका प्रदेश संसदीय दलबिच ६

सांसद रमेश कुमार मल्लद्वारा सरकारसँग तीन विषयमा स्पष्ट जवाफ माग

अनलाइन तहल्का  भदौ ०२,सल्यान ।   प्रतिनिधि सभाको शून्य समयमा सांसद रमेश कुमार मल्लले शिक्षा तथा स्वास्थ्यमा लगाइएको कर, सल्यानका तीन पालिकालाई

सरकारी संरचना र नियमनकारी निकायमाथि सत्तारुढ दलको हस्तक्षेप

काठमाडौं । बिहीबार विद्युत नियमन आयोगले नेपाल धितोपत्र बोर्डलाई एक पत्र लेख्यो । रामेछापको एक जलविद्युत आयोजनाको प्रिमियम मुल्यमा सेयर निष्काषण