सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते
अनलाइन तहल्का
असोज १९,सल्यान ।
सल्यानको कुमाख गाउँपालिका-२ खारखोलामा फोर्स गाडी सडकबाट करिब १५० मिटर तल खस्दा ६ जना घाइते भएका छन्।
सोमबार दिउँसो करिब १ः२५ बजे सल्लीबजार-चौरजहारी सडकखण्डमा रुकुम पश्चिमको सिम्लीबाट नेपालगन्जतर्फ जाँदै गरेको लु.प्र.००१ ज ०८७८ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार रुकुम पश्चिम सानीभेरी गाउँपालिका-९ का २१ वर्षीय रुपक डाँगीले चलाएको उक्त गाडीमा चालकसहित सात जना सवार थिए। दुर्घटनामा चालक डाँगी सामान्य घाइते भएका छन् भने अन्य ६ जना घाइते भएका छन्।
घाइते सबैलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि रुकुम पश्चिमस्थित मिसन अस्पताल चौरजहारी पठाएको छ। घाइते सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनामा परेको गाडी घटनास्थलमै रहेको छ।
घाइते हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-१ की २८ वर्षीया सुनिता बुढा, जाजरकोट बारेकोट गाउँपालिका-६ की २० वर्षीया बिमला नेपाली, सोही स्थानकी २० वर्षीया उजेरी सिंह, रुकुम पश्चिम सानीभेरी गाउँपालिका-८ की ४४ वर्षीया रती बुढाथोकी र जाजरकोट नलगाड नगरपालिका-१० की २१ वर्षीया मिना सुनार रहेका छन्। उनीहरूलाई टाउको, ढाड तथा खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। अर्का एक घाइतेको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ।
दुर्घटनामा फोर्स गाडीमा क्षति पुगेको छ। घटनास्थल अस्थायी प्रहरी पोस्ट नेटा, सल्यानबाट करिब ८ किलोमिटर पूर्वमा पर्ने प्रहरीले जनाएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
विश्व हुलाक दिवसका अवसरमा सल्यानमा विविध कार्यक्रम
अनलाइन तहल्का असोज २२, सल्यान । १५२औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय सल्यानले विविध कार्यक्रमको आयोजना गरिरहेको छ। दिवसको
सल्यानमा विद्यार्थीका लागि पत्र चिट्ठी लेखन प्रतियोगिता हुने
अनलाइन तहल्का असोज १५,सल्यान । जिल्ला हुलाक कार्यालय सल्यानले १५२औँ विश्व हुलाक दिवसको अवसरमा जिल्लास्तरीय माध्यमिक विद्यालय तहको खुला पत्र
रसुवा बाढीमा परी ज्यान गुमाएका कुमाखका ७ परिवारलाई आर्थिक सहयोग
अनलाइन तहल्का असोज ११,सल्यान । गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका सल्यानको कुमाख गाउँपालिका-३, गुरदासेका सात जनाका

प्रतिकृया दिनुहोस