Close This
Close This

विश्व हुलाक दिवसका अवसरमा सल्यानमा विविध कार्यक्रम

अनलाइन तहल्का
असोज २२, सल्यान ।

 

१५२औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय सल्यानले विविध कार्यक्रमको आयोजना गरिरहेको छ।

 

दिवसको अवसरमा हिजो हुलाक कार्यालय परिसरमा सरसफाइ कार्यक्रम गरिएको थियो भने आज कर्मचारीबीच दौड प्रतियोगिता तथा जिल्लास्तरीय खुला चिठी/पत्र लेखन प्रतियोगिता सम्पन्न भएको छ।

 

कर्मचारीबीच आयोजित दौड प्रतियोगिताको पुरुषतर्फ चित्रबहादुर राना र महिलातर्फ मिरा वली रेउले प्रथम भएका छन्।

 

यस्तै, ‘एक हुलाक सञ्जाल : अनगिन्ती सम्भावनाहरू’ विषयमा आयोजित जिल्लास्तरीय खुला चिठी/पत्र लेखन प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका ४३ जना विद्यार्थी सहभागी भएका थिए।

 

प्रतियोगितामा त्रिभुवन जनता माध्यमिक विद्यालय, मार्के भूपेन्द्र बुढाथोकी प्रथम, एम.एम. एकेडेमी, शारदा-३ की दिपा कवर द्वितीय र सोही विद्यालयकी गरिमा कुमाई तृतीय भएकी छन्।

 

विश्व हुलाक दिवसकै अवसरमा भोलि बिहान हुलाक कार्यालयका कर्मचारीले रक्तदान गर्ने तथा दिउँसो कर्मचारीबीच तातो आलु खेल प्रतियोगिता आयोजना गर्ने कार्यक्रम रहेको जिल्ला हुलाक कार्यालय सल्यानले जनाएको छ।

 

कार्यालयका अनुसार दिवसका अवसरमा आयोजना गरिएका यस्ता कार्यक्रमले कर्मचारीबीच आपसी सद्भाव र सहकार्य बढाउनुका साथै हुलाक सेवाप्रति सर्वसाधारण तथा विद्यार्थीको चासो अभिवृद्धि गर्न सहयोग पुग्नेछ।

प्रतिकृया दिनुहोस

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा ६ जना घाइते

अनलाइन तहल्का  असोज १९,सल्यान ।    सल्यानको कुमाख गाउँपालिका-२ खारखोलामा फोर्स गाडी सडकबाट करिब १५० मिटर तल खस्दा ६ जना घाइते भएका

सल्यानमा विद्यार्थीका लागि पत्र चिट्ठी लेखन प्रतियोगिता हुने

अनलाइन तहल्का  असोज १५,सल्यान ।   जिल्ला हुलाक कार्यालय सल्यानले १५२औँ विश्व हुलाक दिवसको अवसरमा जिल्लास्तरीय माध्यमिक विद्यालय तहको खुला पत्र

रसुवा बाढीमा परी ज्यान गुमाएका कुमाखका ७ परिवारलाई आर्थिक सहयोग

अनलाइन तहल्का  असोज ११,सल्यान ।   गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका सल्यानको कुमाख गाउँपालिका-३, गुरदासेका सात जनाका

↑