भलिवलमा लाखौ पुरस्कार राशी सहित सल्यान बरलामा यूनेस्को क्लवको खेलकुद तथा साँँस्कृतिक कार्यक्रम
अनलाइन तहल्का
कार्तिक ४, सल्यान ।
सल्यानको शारदा नगरपलिकाको ६ नम्बर वडामा खेलकुद तथा साँँस्कृतिक कार्यक्रम संचालन हुने भएको छ ।
शुभदिपावलीको अवसरमा यूनेस्को युवा क्लवले खुल्ला भलिबल तथा साँँस्कृतिक कार्यक्रम संचालन गर्ने भएको हो ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नारासहित खेलाडीको सम्मानका निम्ती यो कार्यक्रम आयोजना गरेको क्लवले जनाएको छ। खुल्ला भलिबल प्रतियोगीताका साथै अन्य कार्यक्रम पनि संचालन हुनेछन।
भलिबल प्रतियोगितामा देश भरीका खेलाडिलाई समावेश गरिने कल्बले जनाएको छ।
खेलमा सहभागीताको लागी कार्तिक ११ गते सम्म टिम दर्ता गारईसक्नु पर्नेछ।
भलिवलमा प्रथम हुने खेलाडिले नगद ५० हजार,कप, मेडल र प्रमाणपत्र, द्वतियले नगद ३० हजार, मेडल र प्रमाणपत्र साथै तृतीयले नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । उक्त खेलमा उत्कृष्ट खेलाडीलाइ उचित पुरस्कार सँगै सम्मान गरिने कल्बले जनाएको छ। कार्यक्रम कार्तिक ११ गते देखि १३ गते सम्म संचालन हुनेछ ।
साथै कार्यक्रममा दर्जनौ स्थानीय तथा राष्ट्रीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने कल्बले जनाएको छ।
भोली मंगलबार सार्वजनिक बिदा
अनलाइन तहल्का असोज ३१ काठमाडौँ । सरकारले भोली मंगलबार सार्वजनिक बिदा दिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले भोली एक दिन सार्वजनिक
अटो चालक जिसस उपप्रमुखको जिम्मेवारीमा
बराहताल गाउँपालिका–४ का सचिन बडुवाल पूर्व माओवादी लडाकु हुन् । उनी सुर्खेत जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुख पदमा विजयी भएका छन् । जम्मा एक
जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु हुने संख्या पाँच पुग्यो
अनलाइन तहल्का पौष १३, रौतहट रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय

प्रतिकृया दिनुहोस