Close This
Close This

 भोली मंगलबार सार्वजनिक बिदा

अनलाइन तहल्का
असोज ३१ काठमाडौँ ।

सरकारले भोली मंगलबार सार्वजनिक बिदा दिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले भोली एक दिन सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयले जारी गरेको सूचनामा कार्तिक १ गते देशैभर सार्वजनिक बिदा दिइएको उल्लेख छ । साथै सो दिन राष्ट्रिय झन्डा आधा झुकाउने पनि मन्त्रालयले उल्लेख गरेको छ ।

जोशीको  आइतबार बिहान  ७ बजेर ९ मिनेटमा किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निधन भएको हो ।  विगत लामो समय देखि प्रोष्टेड तथा मुटुको समस्याबाट गुज्रिरहेका उनलाई कमजोरी देखिएका कारण २०७९(०६र०७ गते ईमर्जेन्सीमा ल्याई भर्ना गरिएको थियो ।

 

अस्पतलाका अनुसार उनको रगत परीक्षण गर्दा डेङ्गु संक्रमण देखिएको र छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थिए । अस्पतालले उनलाई निरन्तर अक्सिजन सपोर्टमा राखेको थियो । गत शुक्रबारदेखि  औषधि चलाएता पनि शरिरले राम्रो काम नगरेको र उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको थियो ।  सँस्कृतिविद जोशी तीनपटकसम्म मदन पुरस्कार पाउने एक मात्र व्यक्तित्व हुन् । 

 

उनको पार्थिव शरीर हिजो नै किस्ट अस्पताललाई हस्तान्तरण गरिएको छ । उनकै इच्छा अनुसार अध्ययन तथा अनुसन्धान प्रयोजनको लागि उनको शरीर नजलाई अस्पताललाई प्रदान गरिएको हो । उनले नै आफु सय वर्ष भन्दा बढी कसरि बाँचे भनेर आफ्नो मृत्युपछि यस बारे अध्ययन होस् भनेर अस्पताललाई शव दिने निर्णय गरेका थिए ।

प्रतिकृया दिनुहोस

अटो चालक जिसस उपप्रमुखको जिम्मेवारीमा

बराहताल गाउँपालिका–४ का सचिन बडुवाल पूर्व माओवादी लडाकु हुन् । उनी सुर्खेत जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुख पदमा विजयी भएका छन् । जम्मा एक

जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु हुने  संख्या पाँच पुग्यो

अनलाइन तहल्का पौष १३, रौतहट   रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय

जनमत पार्टीद्वारा जनकारवाहीको नाममा हाकिमलाई नाङ्गै पारी नगर परिक्रमा 

अनलाइन तहल्का कार्तिक ५,  जनकपुर जनकपुरमा सीके राउत नेतृत्वको जनमत पार्टीले जनकारवाहीको नाममा खानेपानी कार्यालयका जनकपुरका निमित्त प्रमुखमाथि