सल्लाको रुख ढलेर सल्यानमा एक जनाको मृत्यु
अनलाइन तहल्का
भदौ ०७,सल्यान ।
सल्यानमा सल्लाको सुकेको रुख ढलेर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हिजो दिउँसो करिब २ः३० बजे शारदा नगरपालिका-५ स्थित ढार सामुदायिक वनमा खोटो संकलन गर्ने क्रममा सल्लाको सुकेको रुख ढलेर कपुरकोट गाउँपालिका-२ सिमलकुना निवासी करिब ३० वर्षीय बिकाश श्रीष मगर च्यापिएका थिए।
श्रीनगरस्थित मनकामना रोजिन एण्ड केमिकल उद्योग प्रालिमा कार्यरत मगरलाई रुखले च्यापेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक देवराज भट्टराईको कमाण्डमा सात जनाको टोली घटनास्थल पुगेको थियो।
रुखले च्यापिएर गम्भीर घाइते भएका मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
श्रीनगरमा टिभिएस मेला आज देखि सुरु
अनलाइन तहल्का भदौ ०७,सल्यान । सल्यानको श्रीनगरमा टिभिएसका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टिभिएसका सवारीसाधन खरिद गर्न सकिने साटफेर
मिनिट्रक र मोटरसाइकल ठोक्किँदा एक जना घाइते
अनलाइन तहल्का भदौ ०२,सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका-६ शिवगुफास्थित राप्ती राजमार्गमा मिनिट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना
सल्यानमा साउन महिनामा १९ मुद्दा दर्ता, २४ जना पक्राउ
अनलाइन तहल्का भदौ ०२,सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले साउन महिनामा जिल्लामा विभिन्न प्रकृतिका १९ वटा मुद्दा दर्ता भएको जनाएको छ।

प्रतिकृया दिनुहोस