Close This
Close This

श्रीनगरमा टिभिएस मेला आज देखि सुरु

अनलाइन तहल्का 
भदौ ०७,सल्यान ।

 

सल्यानको श्रीनगरमा टिभिएसका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टिभिएसका सवारीसाधन खरिद गर्न सकिने साटफेर मेला आजदेखि सुरु भएको छ।

 

श्रीनगरस्थित राधाकृष्ण मन्दिर नजिक टिभिएसको शोरुम अगाडि आज देखि भदौ १२ गतेसम्म मेला सञ्चालन हुने जनाइएको छ। मेलामा जुनसुकै कम्पनीका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभिएसका सवारीसाधन खरिद गर्न सकिनेछ।

 

मेलामा पुराना सवारीसाधनको उच्च मूल्यांकन, आकर्षक नगद छुट, निःशुल्क हेल्मेट तथा नागरिकता र सवारी चालक अनुमतिपत्रका आधारमा छिटो किस्ता सुविधा उपलब्ध गराइने जनाइएको छ। किस्ता सुविधा दैनिक १२४ रुपैयाँदेखि सुरु हुने बताइएको छ।

 

त्यस्तै, टिभिएसका सवारीसाधनमा आजीवन वारेन्टीको सुविधा समेत उपलब्ध रहेको जनाइएको छ।

 

मेलामा सहभागी भई आफ्ना पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभिएस खरिद गर्न सकिनेछ। थप जानकारीका लागि ९८६८६०४९८०, ९८५७८२०५४६ र ९८४२७१९३ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस

सल्लाको रुख ढलेर सल्यानमा एक जनाको मृत्यु

अनलाइन तहल्का  भदौ ०७,सल्यान ।   सल्यानमा सल्लाको सुकेको रुख ढलेर एक जनाको मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हिजो

मिनिट्रक र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

अनलाइन तहल्का  भदौ ०२,सल्यान ।   सल्यानको छत्रेश्वरी गाउँपालिका-६ शिवगुफास्थित राप्ती राजमार्गमा मिनिट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना

सल्यानमा साउन महिनामा १९ मुद्दा दर्ता, २४ जना पक्राउ

अनलाइन तहल्का  भदौ ०२,सल्यान ।   जिल्ला प्रहरी कार्यालय सल्यानले साउन महिनामा जिल्लामा विभिन्न प्रकृतिका १९ वटा मुद्दा दर्ता भएको जनाएको छ।