सल्यानमा साउन महिनामा १९ मुद्दा दर्ता, २४ जना पक्राउ
अनलाइन तहल्का
भदौ ०२,सल्यान ।
जिल्ला प्रहरी कार्यालय सल्यानले साउन महिनामा जिल्लामा विभिन्न प्रकृतिका १९ वटा मुद्दा दर्ता भएको जनाएको छ। कार्यालयले सार्वजनिक गरेको साउन महिनाको प्रगति विवरणअनुसार जघन्य तथा गम्भीर प्रकृतिका ३, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी २, आर्थिक अपराध ४ र अन्य प्रकृतिका १० वटा मुद्दा दर्ता भएका छन्।
प्रहरीका अनुसार साउन महिनामा २४ जना पक्राउ परेका छन्। यस्तै, विभिन्न मुद्दामा फरार रहेका १० जना प्रतिवादी पक्राउ परेका छन्। फरार प्रतिवादी पक्राउबाट १८ वर्ष ७ महिना २० दिन कैद ६ लाख ७८ हजार ३२ रुपैयाँ ४१ पैसा जरिवाना असुलउपर गर्नुपर्ने देखिएको छ।
साउनमा हराएका तथा फेला परेका महिला, पुरुष र बालबालिकासहित १६ जनाको खोजी गरिएकोमा सबै १६ जना फेला परेका छन्। घरेलु हिंसासम्बन्धी भने कुनै उजुरी दर्ता नभएको प्रहरीको विवरणमा उल्लेख छ।
त्यस्तै, प्रहरीमा प्राप्त विभिन्न उजुरीतर्फ ८७ वटा उजुरी दर्ता भई सबै फर्छ्योट भएका छन्। प्रत्यक्ष निवेदनबाट प्राप्त ८७ उजुरीमध्ये ८७ वटै फर्छ्योट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सवारी दुर्घटनातर्फ साउन महिनामा १० वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा १९ जना घाइते भएका छन् भने २ जना बेपत्ता भएको विवरणमा उल्लेख छ। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। सवारी कारबाहीबाट १ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
लागूऔषधतर्फ प्रहरीले २३० मिलिग्राम ब्राउन सुगर बरामद गरी एक जनालाई पक्राउ गरेको छ। यस्तै, हातहतियारतर्फ ११ नाल भरुवा बन्दुक बरामद गरी ८ जनालाई पक्राउ गरिएको छ।
प्राकृतिक स्रोतको दोहन नियन्त्रणतर्फ प्रहरीले अवैध रूपमा ढुंगा तथा ग्राभेल ओसारपसार गर्ने एक ट्रक र एक ट्याक्टर नियन्त्रणमा लिई १ लाख ७५ हजार राजस्व संकलन गरेको छ। कवाडी सामग्री बोकेको एक ट्रकलाई कारबाही गरी थप ३ हजार रुपैयाँ राजस्व संकलन गरिएको विवरणमा उल्लेख छ।
प्रहरीले साउन महिनामा जिल्लाभर नियमित गस्ती, निगरानी तथा समुदाय केन्द्रित कार्यक्रमलाई समेत निरन्तरता दिएको जनाएको छ। विभिन्न सचेतनामूलक कार्यक्रममार्फत ३ हजार ६ सय १० जना सहभागी गराइएको प्रहरीको विवरणमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईले उपलब्ध गराएको साउन महिनाको प्रगति विवरणअनुसार अपराध न्यूनीकरण, शान्ति सुरक्षा कायम तथा प्रहरी सेवामा नागरिकको पहुँच बढाउन नियमित गस्ती, निगरानी, जनचेतनामूलक कार्यक्रम तथा विभिन्न समुदाय केन्द्रित गतिविधि सञ्चालन गरिएको छ।
श्रीनगरमा टिभिएस मेला आज देखि सुरु
अनलाइन तहल्का भदौ ०७,सल्यान । सल्यानको श्रीनगरमा टिभिएसका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टिभिएसका सवारीसाधन खरिद गर्न सकिने साटफेर
सल्लाको रुख ढलेर सल्यानमा एक जनाको मृत्यु
अनलाइन तहल्का भदौ ०७,सल्यान । सल्यानमा सल्लाको सुकेको रुख ढलेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हिजो
मिनिट्रक र मोटरसाइकल ठोक्किँदा एक जना घाइते
अनलाइन तहल्का भदौ ०२,सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका-६ शिवगुफास्थित राप्ती राजमार्गमा मिनिट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना

प्रतिकृया दिनुहोस