Close This
Close This

मिनिट्रक र मोटरसाइकल ठोक्किँदा एक जना घाइते

अनलाइन तहल्का 
भदौ ०२,सल्यान ।

 

सल्यानको छत्रेश्वरी गाउँपालिका-६ शिवगुफास्थित राप्ती राजमार्गमा मिनिट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना घाइते भएका छन्।

 

मंगलबार साँझ करिब ६ बजे श्रीनगरबाट कपुरकोटतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ख ०१७६ नम्बरको मिनिट्रक र विपरीत दिशाबाट आउँदै गरेको रा.५ प ९४८७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

 

दुर्घटनामा मोटरसाइकल चालक शारदा नगरपालिका-२ खलंगा निवासी २६ वर्षीय दिनेश बस्नेतको बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइते बस्नेतको श्रीनगरस्थित शारदा मेट्रो अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

 

मिनिट्रक कपुरकोट गाउँपालिका-२ भित्रखोला निवासी २३ वर्षीय मोहन खत्रीले चलाएका थिए। दुर्घटनापछि दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

घटनास्थलमा इलाका प्रहरी कार्यालय शीतलपाटी सल्यानबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

श्रीनगरमा टिभिएस मेला आज देखि सुरु

अनलाइन तहल्का  भदौ ०७,सल्यान ।   सल्यानको श्रीनगरमा टिभिएसका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टिभिएसका सवारीसाधन खरिद गर्न सकिने साटफेर

सल्लाको रुख ढलेर सल्यानमा एक जनाको मृत्यु

अनलाइन तहल्का  भदौ ०७,सल्यान ।   सल्यानमा सल्लाको सुकेको रुख ढलेर एक जनाको मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हिजो

सल्यानमा साउन महिनामा १९ मुद्दा दर्ता, २४ जना पक्राउ

अनलाइन तहल्का  भदौ ०२,सल्यान ।   जिल्ला प्रहरी कार्यालय सल्यानले साउन महिनामा जिल्लामा विभिन्न प्रकृतिका १९ वटा मुद्दा दर्ता भएको जनाएको छ।