Close This
Close This

सांसद रमेश कुमार मल्लद्वारा सरकारसँग तीन विषयमा स्पष्ट जवाफ माग

अनलाइन तहल्का 
भदौ ०२,सल्यान ।

 

प्रतिनिधि सभाको शून्य समयमा सांसद रमेश कुमार मल्लले शिक्षा तथा स्वास्थ्यमा लगाइएको कर, सल्यानका तीन पालिकालाई भेरी करिडोर आयोजनाको कार्यक्षेत्रबाट हटाइएको विषय र वन्यजन्तु नियन्त्रणबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।

 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मल्लले संसद्को अधिकार क्षेत्रलाई बेवास्ता गर्दै सरकारले मध्यरातमा प्रधानमन्त्रीको फेसबुकमार्फत शिक्षा र स्वास्थ्यमा लगाइएको कर फिर्ता लिएको भन्दै प्रश्न गरे। उनले देशमा ग्यासको चरम अभाव भइरहेका बेला इन्डक्सन चुलोमार्फत ग्यास विस्थापनलाई प्रोत्साहन गर्नुपर्नेमा आफ्नै उत्पादन विद्युतमा कर लगाउने सरकारी निर्णय कहिले फिर्ता हुन्छ भन्दै सरकारसँग जवाफ मागे।

 

त्यस्तै, पश्चिम सल्यान लामो समयदेखि खडेरीको चपेटामा रहेको भन्दै उनले भेरी नदीको पानी लिफ्ट गरेर सिँचाइ गर्ने सम्भावनालाई सरकारले प्राथमिकता दिनुपर्ने बताए। उनले भेरी करिडोर आयोजनाको कार्यक्षेत्रबाट सल्यानका तीन पालिका हटाइएको र कार्यान्वयनमा रहेका योजनाको बजेटसमेत घटाइएको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण गराए।

 

किसानले भोग्दै आएको वन्यजन्तुको समस्या पनि उनले सदनमा उठाए। गाउँमा राति बँदेल र दिनमा बाँदरले किसानका उत्पादन नष्ट गर्ने तथा धपाउन खोज्दा किसानमाथि नै आक्रमण हुने गरेको भन्दै मल्लले बँदेल, बाँदरलगायत वन्यजन्तु नियन्त्रणका लागि सरकारले ठोस र कार्यान्वयनयोग्य योजना ल्याउनुपर्ने बताए।

 

सांसद मल्लले आफूले उठाएका विषयमा आश्वासन मात्र नभई स्पष्ट जवाफ र कार्यान्वयनको प्रतिबद्धता आवश्यक रहेको बताए।

प्रतिकृया दिनुहोस

कर्णाली सरकार भागबन्डामा, नेकपा र एमालेबिच ६ बुदे सहमति

  सुर्खेत । कर्णालीमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबिच प्रदेश सरकार भागबन्डा गर्ने सहमति जुटेको छ । दुई पार्टीका प्रदेश संसदीय दलबिच ६

भेरीमा बेपत्ता दुई युवाको खोजी तीव्र पार्न सांसद मल्लको माग

अनलाइन तहल्का भदौ ०१, सल्यान ।   सल्यानका दुई युवा जिपसहित भेरी नदीमा बेपत्ता भएको घटनामा खोजी कार्य थप प्रभावकारी बनाउन सांसद रमेश कुमार मल्लले

सरकारी संरचना र नियमनकारी निकायमाथि सत्तारुढ दलको हस्तक्षेप

काठमाडौं । बिहीबार विद्युत नियमन आयोगले नेपाल धितोपत्र बोर्डलाई एक पत्र लेख्यो । रामेछापको एक जलविद्युत आयोजनाको प्रिमियम मुल्यमा सेयर निष्काषण