Close This
Close This

जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु हुने  संख्या पाँच पुग्यो

अनलाइन तहल्का
पौष १३, रौतहट

 

रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए । 

उक्त जीपमा सात जना सवार रहेका थिए । बाँकी दुई जना घाइते रहेका उनले बताए । ‘दुई जना घाइतेमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइतेलाई उपचारका लागि वीरगञ्ज पठाइएको  प्रवक्ता मल्लले बताए । 
उनका अनुसार गरुडा नगरपालिकाको जयनगरमा अनियन्त्रित हुँदा जीप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतक र घाइतेको परिचय खुलिनसकेको उनले बताए । 

साभार:रातोपाटी

प्रतिकृया दिनुहोस

 भोली मंगलबार सार्वजनिक बिदा

अनलाइन तहल्का असोज ३१ काठमाडौँ । सरकारले भोली मंगलबार सार्वजनिक बिदा दिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले भोली एक दिन सार्वजनिक

अटो चालक जिसस उपप्रमुखको जिम्मेवारीमा

बराहताल गाउँपालिका–४ का सचिन बडुवाल पूर्व माओवादी लडाकु हुन् । उनी सुर्खेत जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुख पदमा विजयी भएका छन् । जम्मा एक

जनमत पार्टीद्वारा जनकारवाहीको नाममा हाकिमलाई नाङ्गै पारी नगर परिक्रमा 

अनलाइन तहल्का कार्तिक ५,  जनकपुर जनकपुरमा सीके राउत नेतृत्वको जनमत पार्टीले जनकारवाहीको नाममा खानेपानी कार्यालयका जनकपुरका निमित्त प्रमुखमाथि