सल्यानमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते
अनलाइन तहल्का
कार्तिक १२,सल्यान ।
सल्यानमा अटो दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्को एकजना घाइते भएका छन् ।
बागचौर नगरपालिका- १०, तल्लो मोख्लादेखि माथिल्लो मोख्ला जाँदै गरेको रा.१ह ६१२६ नम्बरको अटो माथिल्लो मोख्लास्थित भित्री सडकखण्डमा बिहीबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा परी छत्रेश्वरी गाउँपालिका– ५, सिर्वाली निवासी अन्दाजी ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घटनामा अटोचालक ३४ वर्षीय निर्मल कवर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए।
चालकलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ पठाइएको उनको भनाइ छ । अटो अनियन्त्रित भई सडकबाट करिब ५५ मिटर तल खसेको छ ।
सल्यानमा जिप दुर्घटना अपडेट: तीन जनाको मृत्यु, सात जना घाइते
अनलाइन तहल्का कार्तिक १३, सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको सिद्ध कुमाख
सल्यानमा जिप दुर्घटना, ८ जना घाइते
अनलाइन तहल्का कार्तिक १३, सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिकामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । शुक्रबार साँझ करिब ६ः३५ बजेको
सल्यानमा बालुवा बोकेको टिप्पर दुर्घटना
अनलाइन तहल्का कार्तिक १३, सल्यान । सल्यानको बागचौर नगरपालिका-९ डिक्कीगारमा बालुवा बोकेको टिप्पर दुर्घटनामा परेको छ। शुक्रबार बिहान करिब ८ः५०

प्रतिकृया दिनुहोस