सल्यानमा जिप दुर्घटना, ८ जना घाइते
अनलाइन तहल्का
कार्तिक १३, सल्यान ।
सल्यानको सिद्ध कुमाख गाउँपालिकामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
शुक्रबार साँझ करिब ६ः३५ बजेको समयमा सिद्ध कुमाख गाउँपालिका-२ रातामाटे खोला नजिकै श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा जिपमा सवार ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरी चौकी ढोरचौरबाट प्रहरी नायब निरीक्षक भीमबहादुर वलीको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो ।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनामा जिपमा क्षति पुगेको छ भने जिप घटनास्थलमै रहेको छ ।
घटनास्थलमा थप उद्धार तथा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय शीतलपाटीबाट प्रहरी निरीक्षक बालकृष्ण विकको कमाण्डमा १२ जनाको प्रहरी टोलीसमेत खटिएको प्रहरीले जनाएको छ ।
दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।
सल्यानमा जिप दुर्घटना अपडेट: तीन जनाको मृत्यु, सात जना घाइते
अनलाइन तहल्का कार्तिक १३, सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । जिल्लाको सिद्ध कुमाख
सल्यानमा बालुवा बोकेको टिप्पर दुर्घटना
अनलाइन तहल्का कार्तिक १३, सल्यान । सल्यानको बागचौर नगरपालिका-९ डिक्कीगारमा बालुवा बोकेको टिप्पर दुर्घटनामा परेको छ। शुक्रबार बिहान करिब ८ः५०
सल्यानमा बदेलको आक्रमणबाट बालिका घाइते
अनलाइन तहल्का कार्तिक १२,सल्यान । सल्यानमा जंगली बदेलको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । दार्मा गाउँपालिका २ ओझाबाङकी १७ वर्षीया बिन्दु

प्रतिकृया दिनुहोस