सल्यानमा जिप दुर्घटना अपडेट: तीन जनाको मृत्यु, सात जना घाइते
अनलाइन तहल्का
कार्तिक १३, सल्यान ।
सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
जिल्लाको सिद्ध कुमाख गाउँपालिका-२ रातामाटे खोलास्थित भित्री कच्ची सडक खण्डमा शुक्रबार साँझ जिप दुर्घटना भएको हो ।
श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका १० जनालाई उद्धार गरी उपचारका लागि श्रीनगरस्थित विभिन्न अस्पतालमा पठाइएको थियो । घाइतेमध्ये सिद्ध कुमाख गाउँपालिका-२ निवासी ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोकाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य सात जनामध्ये चार जनाको कर्णाली केयर अस्पताल श्रीनगरमा उपचार गरिएको थियो । उनीहरूमध्ये २४ वर्षीय देवबहादुर विकलाई टाउको र दाहिने आँखामा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि दाङ रिफर गरिएको छ ।
त्यस्तै, ५८ वर्षीया सुशीला चलाउनेको मुख र खुट्टामा चोट लागेको छ । उनलाई पनि थप उपचारका लागि दाङ रिफर गरिएको छ । १५ वर्षीय कमल बुढाथोकी र ७ वर्षीया विमला बुढाथोकी (रुपा बुढाथोकी) को अनुहारमा चोट लागेको छ । उनीहरूलाई थप उपचारका लागि बाँकेको नेपालगञ्ज रिफर गरिएको छ ।
यस्तै, १३ वर्षीया राधिका चलाउने र २२ वर्षीय दीपक रोकाको शारदा मेट्रो अस्पताल श्रीनगरमा उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम रहेको छ ।
१० वर्षीय युवराज परियारको पनि कर्णाली केयर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढोरचौरबाट प्रहरी नायब निरीक्षक भीमबहादुर वलीको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो । यस्तै, इलाका प्रहरी कार्यालय शीतलपाटीबाट प्रहरी निरीक्षक बालकृष्ण विकको कमाण्डमा १२ जनाको टोलीसमेत खटिएको थियो ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
सल्यानमा जिप दुर्घटना, ८ जना घाइते
अनलाइन तहल्का कार्तिक १३, सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिकामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । शुक्रबार साँझ करिब ६ः३५ बजेको
सल्यानमा बालुवा बोकेको टिप्पर दुर्घटना
अनलाइन तहल्का कार्तिक १३, सल्यान । सल्यानको बागचौर नगरपालिका-९ डिक्कीगारमा बालुवा बोकेको टिप्पर दुर्घटनामा परेको छ। शुक्रबार बिहान करिब ८ः५०
सल्यानमा बदेलको आक्रमणबाट बालिका घाइते
अनलाइन तहल्का कार्तिक १२,सल्यान । सल्यानमा जंगली बदेलको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । दार्मा गाउँपालिका २ ओझाबाङकी १७ वर्षीया बिन्दु

प्रतिकृया दिनुहोस