Close This
Close This

सल्यानमा बालुवा बोकेको टिप्पर दुर्घटना

अनलाइन तहल्का
कार्तिक १३, सल्यान ।

 

सल्यानको बागचौर नगरपालिका-९ डिक्कीगारमा बालुवा बोकेको टिप्पर दुर्घटनामा परेको छ। शुक्रबार बिहान करिब ८ः५० बजे पातिहाल्नाबाट रोल्पातर्फ जाँदै गरेको टिप्पर सडकबाट करिब १५ मिटर तल खसेको हो।

 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दाङको घोराही उपमहानगरपालिका-१८ निवासी करिब २५ वर्षीय बसन्त बस्नेतले चलाएको रा १ ख २८५७ नम्बरको टिप्पर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो।

 

दुर्घटनामा कुनै मानवीय क्षति नभएको र टिप्परमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। चालकसँग सवारी चालक अनुमतिपत्र र बिलबुक रहेको तथा चालकले मादक पदार्थ सेवन नगरेको प्रारम्भिक विवरणमा उल्लेख छ।

 

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

सल्यानमा जिप दुर्घटना अपडेट: तीन जनाको मृत्यु, सात जना घाइते

अनलाइन तहल्का कार्तिक १३, सल्यान ।   सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।   जिल्लाको सिद्ध कुमाख

सल्यानमा जिप दुर्घटना, ८ जना घाइते

अनलाइन तहल्का कार्तिक १३, सल्यान ।   सल्यानको सिद्ध कुमाख गाउँपालिकामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।   शुक्रबार साँझ करिब ६ः३५ बजेको

सल्यानमा बदेलको आक्रमणबाट बालिका घाइते

अनलाइन तहल्का  कार्तिक १२,सल्यान ।   सल्यानमा जंगली बदेलको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । दार्मा गाउँपालिका २ ओझाबाङकी १७ वर्षीया बिन्दु

↑