सल्यान जिल्लामै पहिलो पटक फोटो प्रदर्शनी
अनलाइन तहल्का
फगुन १, सल्यान ।
राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले जिल्लामै पहिलो पटक फोटो प्रदर्शनी गरेको छ।
‘सक्षम फोटो पत्रकार, गुणस्तरीय फोटो: फोटो प्रदर्शनी र फोटो सुरक्षा’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको फोटो प्रदर्शनीमा १८ जना फोटो पत्रकारले खिचेका ७५ वटा बढी फोटो प्रदर्शनी गरिएको छ ।
जिल्लाको ऐतिहासिक, धार्मिक, पर्यटकीय, संस्कृति झल्कने ७२ भन्दा बढी फोटो शनिबार खलंगामा प्रदर्शनी गरिएको छ। सल्यानका १० वटै पालिकाका भित्रका रहेका पर्यटन झल्कने विभिन्न तस्वीरहरू प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष वामदेव केसीले बताए।
प्रदर्शनीमा ५५ वर्ष पहिले खिचेकादेखि हालसम्मका फोटोहरू राखिएको छ। विभिन्न १८ फोटो पत्रकारले खिचेका फोटोलाई प्रदर्शनीमा राखिएको केसीले बताए।
सल्यानलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्य र ओझेलमा परेका धार्मिक, सांस्कृतिक पर्यटकीय सम्पदाको उजार र प्रचार प्रसार गर्न फोटो प्रदर्शनी गरिएको हो। जिल्लाका पर्यटकीय स्थल, धार्मिक स्थल, जिल्लाको कला, संस्कृति, जीवनशैलीदेखि राजनीतिक विषयका फोटो प्रदर्शनमा राखिएको छ।
प्रदर्शनी गरिएका फोटोहरु हेर्न कर्णाली प्रदेका सांसद गुलावजंग शाहसहित थुप्रै व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
स्वर्गको टुक्रा रोल्पाको त्रिवेणी (फोटो फिचर )
अमृत बाबु बुढाथोकी,अनलाइन तहल्का रोल्पा जिल्ला नेपालको एक पहाडी जिल्ला हो ।प्राकृतिक सौन्दर्यताले भरिपुर्ण स्वर्गको टुक्राका रोल्पा यहाँ
सिद्वकुमाख गाउँपालिका द्धारा किसान लाई २६हजार टिमुरका बिरुवा
अनलाईन तहल्का साउन १७,सल्यान । सल्यानको सिद्वकुमाख गाउँपालिकाले किसान लाई टिमुरका बिरुवा बितरण गरेको छ । गाउँपालिकाका सबै वडा टिमुर खेतिको
सल्यानमा भतिजले कान खाइदिए (यस्तो छ रहस्य, सुन्दा चकित)
सल्यान, ८ वैशाख । सल्यानमा झगडा हुदा एक जनाले कान नै टोकेर खाइदिएका छन । जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर १ का ५६ वर्षीय धन बहादुर कँवरको झगडाको

प्रतिकृया दिनुहोस