सल्यानमा भतिजले कान खाइदिए (यस्तो छ रहस्य, सुन्दा चकित)
सल्यान, ८ वैशाख ।
सल्यानमा झगडा हुदा एक जनाले कान नै टोकेर खाइदिएका छन । जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर १ का ५६ वर्षीय धन बहादुर कँवरको झगडाको क्रममा देब्रे कान उनका भतिज नाता पर्ने सोहि ठाउँका २६ वर्षका खिम बहादुर कँवरले टोकेर पेट भित्र निलेका छन । देब्रे कान भतिजले खाइदिएपछि पिडित धन बहादुर प्रहरीमा न्याय खोज्दै जिल्ला प्रहरी कार्यालय सल्यान पुगेका छन ।
प्रहरीले पिडितको उजुरीको आधारमा आरोपित खिम बहादुरलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार घटना मंगलबार भएको हो । झगडाको क्रममा कान नै खाइदिएपछि प्रहरी समेत चकित बनेको छ ।
मंगलबार दिउँसो पिडित धन बहादुरका बाख्रा नजिकैको खिम बहादुरको खाली जग्गामा गएका थिए । सोहि क्रममा खिम बहादुरले बाख्रालाई ढुंगाले हानेर धपाउन खोजे । खिम बहादुर र धन बहादुरको पहिला पनि सामान्य झगडा भएको कारणले उनिहरुको बोलचाल थिएन ।
बाख्रा धपाउन लागेको देखेर धन बहादुरले खालि जग्गा छ, बाख्राले के क्षति गरेका छन र धपाउछस भनेर खिम बहादुर सँग प्रतिवाद गरे । यसै विच खिम बहादुर र धन बहादुको धकेला धकेल सुरु भयो । त्यहि क्रममा खिम बहादुरले धन बहादुरको देब्रे कान टोकेर निलेर खाइदिए ।
प्रहरीले अनुसन्धानको क्रममा किन कान नै निलेको भनेर धेरै खोजिनिति गर्दा नयाँ कुरा फेला पारेको छ । केही वर्ष अगाडि यस्तै झगडाको क्रममा खिम बहादुरका बाबुको कान धन बहादुरले टोकेर निलेका रहेछन् । त्यहि रिसिविले खिम बहादुरले बाबुको बदला लिन कान टोकेर खिम बहादुरले खाएको प्रहरी समक्ष बताएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । बाबुको कान जसले खाइदिएको थियो उसको कान छोरोले पनि खाइदिए पछि यो घटनाले अचम्मित बनाएको छ ।
मेघा रेउलेको सहयोगमा नयाँदृष्टीबाट
सल्यान जिल्लामै पहिलो पटक फोटो प्रदर्शनी
अनलाइन तहल्का फगुन १, सल्यान । राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले जिल्लामै पहिलो पटक फोटो प्रदर्शनी गरेको छ। ‘सक्षम फोटो पत्रकार,
स्वर्गको टुक्रा रोल्पाको त्रिवेणी (फोटो फिचर )
अमृत बाबु बुढाथोकी,अनलाइन तहल्का रोल्पा जिल्ला नेपालको एक पहाडी जिल्ला हो ।प्राकृतिक सौन्दर्यताले भरिपुर्ण स्वर्गको टुक्राका रोल्पा यहाँ
सिद्वकुमाख गाउँपालिका द्धारा किसान लाई २६हजार टिमुरका बिरुवा
अनलाईन तहल्का साउन १७,सल्यान । सल्यानको सिद्वकुमाख गाउँपालिकाले किसान लाई टिमुरका बिरुवा बितरण गरेको छ । गाउँपालिकाका सबै वडा टिमुर खेतिको

प्रतिकृया दिनुहोस