सल्यानको राष्ट्रपति रनिङ शिल्डमा विवाद, अनिलको खड्कलाई पत्र
अनलाइन तहल्का, सल्यान – फागुन २२
भर्खरै कुमाखमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा अनियमितता भएको भन्दै दार्मा गाउँपालिकाका खेलप्रेमीहरूले आपत्ति जनाएका छन्। खेलाडी छनोटमा न्याय नभएको र दार्मा गाउँपालिकालाई निशाना बनाइएर अनुचित निर्णय गरिएको आरोप लगाइएको छ।
प्रतियोगितामा अवैधानिक खेलाडी खेलाएको उजुरी दर्ता भए पनि खेलकुद विकास समितिले बेवास्ता गरेको भन्दै खेलप्रेमीहरू आक्रोशित भएका छन्। अन्तिम समयमा दार्मा गाउँपालिकालाई अवैधानिक खेलाडी खेलाएको भनेर माइन्युटमा ‘टिपेक्स’ प्रयोग गरेर गलत निर्णय लादिएको दाबी गरिएको छ। उसो त प्रायः पालिकाले अवैधानिक खेलाडीबाट खेल खेलाएको भन्दै जिल्ला खेलकुद विकास समितिले खेलको अन्तिममा सबैका रिजल्टमा गायव पारिदिएको छ ।
दार्माको विषयमा टिपेक्स लगाएर शून्य बनाएर हस्ताक्षर सहित सार्वजनिक गरेको माइन्युटका विषयमा दार्मा सरकारका अध्यक्ष नीम बहादुर केसीले पनि आपत्ति जनाएका छन ।
यसै विषयमा हाल अमेरिमामा रहेका अनिल चन्दले खेलकुद विकास समिति सल्यानका अध्यक्ष खड्क आचार्यलाई चिठी लेदेका छन ।
यस्तो छ चिठी
प्रिय अध्यक्षज्यू (खड्क आचार्य)
खेलकुद विकास समिति, सल्यान
साथै समितिमा आबद्ध सम्पूर्ण पदाधिकारीज्यूहरू,
नमस्कार।
यसपालि खेलकुदको विषयमा दार्मा गाउँपालिकालाई अन्याय गरिएको महसुस गरेको छु। परदेशमा भए पनि आफ्नो गाउँठाउँ र जिल्लाका गतिविधिहरू नजिकबाट नियाल्ने गर्छु, विशेष गरी खेलकुद जस्तो क्षेत्र, जसलाई कहिल्यै उपेक्षा गर्न सक्दिन। अहिले देशभर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको सन्दर्भमा हाम्रो जिल्लामा पनि खेलकुद विकास समितिको संयोजनमा प्रतियोगिता भइरहेको विषय तपाईंहरूलाई राम्रैसँग थाहा छ।
यो शिल्ड प्रतियोगिता प्रत्येक पालिकाका लागि प्रतिष्ठाको विषय बन्ने गर्छ। प्रतिस्पर्धाका क्रममा वर्षेनि केही समस्या उठ्ने गरेका छन्, जुन स्वाभाविक हो। तर, प्रश्न यो हो कि यस्ता समस्याहरूको दिगो समाधानका लागि तपाईंहरूको भूमिका के रह्यो?
अब मुख्य विषयमा प्रवेश गरौँ।
यसपालि पनि अवैधानिक खेलाडी खेलाएको विषयमा उजुरीहरू परे, तर ती उजुरीहरूलाई बेवास्ता गर्दै खेल सञ्चालन गरियो, जसका कारण समस्या झनै बल्झियो। केही नगरपालिकाको दबाबमा समस्यालाई नजरअन्दाज गर्दै निर्णय गर्दा अहिले यस्तो अवस्था आएको हो। अझ अन्तिम समयमा दार्मा गाउँपालिकालाई अन्याय हुने गरी माइन्युटमा ‘टिपेक्स’ लगाएर त्यसलाई आधिकारिक रूपमा सामाजिक सञ्जालमा प्रचार गर्नु सरासर गलत हो।
यदि दार्मा गाउँपालिकाले वास्तवमै गलत गरेको थियो भने, निर्णय माइन्युटमै स्पष्ट रूपमा उल्लेख हुनु पर्थ्यो। त्यसको प्रमाण सार्वजनिक गर्न सकिन्छ कि सकिँदैन? यदि छैन भने, सम्पूर्ण पालिकाको मानमर्दन हुने गरी गरिएको निर्णय अन्यायपूर्ण भएको छ। दार्मा गाउँपालिका र यहाँका खेलाडीहरूका लागि यो स्वीकार्य छैन।
तपाईंहरूले बिर्सनु हुँदैन कि दार्मा गाउँपालिकाका खेलाडीहरूले सल्यानलाई खेलकुदमा राष्ट्रिय स्तरसम्म चिनाउने महत्वपूर्ण भूमिका खेलेका छन्। अहिले उठेको प्रश्नको जवाफ खेलकुद विकास समितिले दिनुपर्छ। व्यक्तिगत रूपमा सामाजिक सञ्जालमा टिप्पणी गरेर जिम्मेवारी पन्छाउने काम उचित होइन।
मेरो स्पष्ट धारणा छ:
यदि खेलकुद विकास समितिले यो अन्यायपूर्ण निर्णय सच्याएन र माफी नमागेमा, दार्मा गाउँपालिकाले जिल्ला खेलकुद विकास समितिले आयोजना गर्ने कुनै पनि खेलकुद प्रतियोगितामा सहभागी नहुने निर्णय गर्नुपर्छ। म एक पूर्व भलिबल खेलाडीको रूपमा यस निर्णयमा ऐक्यवद्धता जनाउने छु।
अन्त्यमा, तपाईंको संस्थागत धारणा के हो? दार्मा र दर्माली प्रतिक्षामा छन्। आवश्यक ठान्नुहुन्छ भने उत्तर दिने प्रयास गर्नु होला।
धन्यवाद।
अनिल चन्द ठकुरी
दार्मा गाउँपालिका–४, सल्यान
हाल: अमेरिका
कम्युनिस्ट आन्दोलनको समिक्षा
पूजीवादी पितृभुमिमा गौरवका लागि एकले अर्कोलाई खतम पार भन्ने नारा पेश परियो। यो कुरो सबैलाई यादै छ। क्रान्तिकारी नारा र प्रस्तावहरू अनुसार काम नभएमा
कविता- कुर्सीको मान्छे !
ऊ कुर्सीमा राज गरेको छ, म भुईबाट उसलाई नियाली रहेकोछु ! ऊ संसार वदल्ने कुरा गर्छ, म दुई छाक टार्नेहरुको कथा सोचीरहेको छु ! हिजो त्यहीँ भुईबाट उठेको
नेपाली राजनीतिमा यसकारण माओवादी संस्थापन पक्ष हो
✍ रमेश मल्ल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र नै आजको राजनीतिक मुलधार र संस्थापन

प्रतिकृया दिनुहोस