कविता- कुर्सीको मान्छे !
ऊ कुर्सीमा राज गरेको छ, म भुईबाट उसलाई नियाली रहेकोछु !
ऊ संसार वदल्ने कुरा गर्छ, म दुई छाक टार्नेहरुको कथा सोचीरहेको छु !
हिजो त्यहीँ भुईबाट उठेको ऊ, आज गाँउ बस्ती सपारेको भ्रमहरू बाड्छ !
म हजार सपनाहरु भुलेर, दिनहुँ विदेशिनेको लहरहरुको कुरा गर्छु !
ऊ विदेशी विकासको भ्रमहरूको खेती गर्छ ॥
म गाँउमा सिटामोल नपाउने मानिसका जीवनहरू लेख्छु,
ऊ सत्ताको मोहमा रुलमल्लिएको बजेटको कुरा गर्छ !
म जनताको कर जनताकै घरदैलोमा नपुगेको पीडा वोल्छु ,
ऊ कुर्सिमा गुमनाम बसेर मेरो पीडाहरूको व्यवास्ता गर्छ !
जयजयकार पाउने कल्पनामा कल्पीरहेकोछ ऊ,
मेरो कलमहरूको आवाज सुनेर, फाईलहरू हेरेको बाहाना गर्छ ऊ !
ऊ कुर्सीमा राज गरेको मान्छे न हो, न चिन्ता छ देशको, न चासो छ जनताको !
फगत ऊ आफै आफ रमाईरहेको छ !
- रेशम डि.सी.
सर्जक सल्यान जिल्लाका सञ्चारकर्मी हुन
वागचौर नगरपालीका २ सल्यान
कम्युनिस्ट आन्दोलनको समिक्षा
पूजीवादी पितृभुमिमा गौरवका लागि एकले अर्कोलाई खतम पार भन्ने नारा पेश परियो। यो कुरो सबैलाई यादै छ। क्रान्तिकारी नारा र प्रस्तावहरू अनुसार काम नभएमा
नेपाली राजनीतिमा यसकारण माओवादी संस्थापन पक्ष हो
✍ रमेश मल्ल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र नै आजको राजनीतिक मुलधार र संस्थापन
सल्यानको राष्ट्रपति रनिङ शिल्डमा विवाद, अनिलको खड्कलाई पत्र
अनलाइन तहल्का, सल्यान – फागुन २२ भर्खरै कुमाखमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा अनियमितता भएको भन्दै दार्मा गाउँपालिकाका

प्रतिकृया दिनुहोस