Close This
Close This

तेस्रो शारदा मेयर कप टी–२० को उपाधि शारदा नगरपालिकालाई

अनलाइन तहल्का 
जेठ १०,सल्यान ।

 

सल्यानको खलंगा लुहापिङ खेलमैदानमा सम्पन्न तेस्रो शारदा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले जितेको छ। फाइनल खेलमा बागचौर नगरपालिकालाई पराजित गर्दै शारदाले उपाधिमाथि कब्जा जमाएको हो।

 

उपाधिसँगै विजेता शारदा नगरपालिकाले नगद रु १ लाख, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बागचौर नगरपालिकाले नगद रु ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

 

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बागचौर नगरपालिकाले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो। बागचौरका लागि बामदेव के.सी.ले १९, निर्मल डाँगीले १६, सुर्य सुनारले १४ तथा गोविन्द वलीले १२ रनको योगदान दिए।

 

शारदाका बलर चन्द्र कुमार बुढाले ३.४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए भने सन्दिप गन्धर्वले ४ ओभरमा २१ रन दिँदै २ विकेट हात पारे।

 

११० रनको लक्ष्य पछ्याएको शारदा नगरपालिकाले १४.५ ओभरमा ५ विकेट गुमाउँदै ११३ रन बनाउँदै शानदार जित दर्ता गर्यो। शारदाको जितमा चन्द्र कुमार बुढाले उत्कृष्ट प्रदर्शन गर्दै ६३ रन बनाए भने मदन खत्रीले २१ रन जोडे।

 

बागचौरका तर्फबाट गगन ओलीले १.५ ओभरमा ९ रन खर्चेर २ विकेट लिए भने हेमराज बस्नेतले ४ ओभरमा १८ रन दिँदै १ विकेट हात पारे।

 

प्रतियोगितामा शारदाका चन्द्र कुमार बुढा ‘प्लेयर अफ द म्याच’ तथा ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए। उनले फाइनलमा ६३ रन बनाउनुका साथै २ विकेटसमेत लिएका थिए।

 

त्यसैगरी, ‘बेस्ट प्लेयर’ तथा ‘बेस्ट फिल्डर’को उपाधि शारदाकै सन्दिप गन्धर्वले जिते कुमाख गाउँपालिकाका सचिन विक ‘बेस्ट ब्याटर’, त्रिवेणी गाउँपालिकाका मोहन के.सी. ‘बेस्ट विकेटकिपर’ तथा शारदाका आरुष विष्ट ‘इमर्जिङ प्लेयर’ घोषित भए।

 

क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी थिए।

 

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भण्डारीले विजेता तथा उपविजेता टोलीलाई बधाई दिँदै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने क्रिकेट संघ सल्यान, अफिसियल टोली, सुरक्षाकर्मी, पत्रकार, नगर प्रहरी, खेलाडी तथा खेलप्रेमीप्रति धन्यवाद व्यक्त गरे। उनले आगामी संस्करण अझ व्यवस्थित र परिस्कृत ढंगले आयोजना गरिने बताए।

 

कार्यक्रममा सशस्त्र प्रहरी बल सल्यानका प्रमुख भरतबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान सल्यान प्रमुख चन्द्रकमल खड्का, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक देवराज भट्टराई, कार्यपालिका सदस्य प्राणकुमार राई, क्रिकेट संघ कर्णाली प्रदेश सदस्य बुलन्द बाबु सेजवाल, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतलगायतको उपस्थिति रहेको थियो।

 

शारदा नगरपालिकाको आयोजना तथा क्रिकेट एशोसियसन अफ सल्यानको समन्वयमा जेठ ४ गतेदेखि सञ्चालन भएको प्रतियोगिता जेठ १० गते सम्पन्न भएको हो।

प्रतिकृया दिनुहोस

तेस्रो शारदा मेयरकप टी–२० क्रिकेट प्रतियोगिता सुरु

अनलाइन तहल्का  जेठ ०४,सल्यान ।    शारदा नगरपालिकाको आयोजना तथा क्रिकेट संघ सल्यानको समन्वयमा तेस्रो शारदा मेयरकप टी–२० क्रिकेट प्रतियोगिता

कुमाख गाउँपालिकाको अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न, वडा नं. २ प्रथम

अनलाइन तहल्का  जेठ ०३,सल्यान ।   सल्यानको कुमाख गाउँपालिका द्वारा आयोजित अध्यक्ष कप खेलकुद प्रतियोगिता आज आइतबार सम्पन्न भएको छ। गाउँपालिकाको

शारदा मेयर टी–२० कप क्रिकेटको तेस्रो संस्करण जेठ ४ देखि सुरु

अनलाइन तहल्का  जेठ ०२,सल्यान ।   शारदा नगरपालिका को आयोजनामा विगत तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको ‘शारदा मेयर टी–२० कप क्रिकेट