सल्यानमा खुला ‘बी लेभल’ ब्याडमिन्टनको उपाधि प्रहरीलाई, प्रतिस्पर्धामा शारदा क्लब
सल्यान । सल्यानमा सम्पन्न जिल्ला स्तरीय खुला ‘बी लेभल’ पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको पहिलो र दोस्रो उपाधि नेपाल प्रहरीले हात पारेको छ। दुई दिनसम्म श्रीनगरस्थित शारदा ब्याडमिन्टन हलमा भएको प्रतियोगितामा आयोजक शारदा ब्याडमिन्टन क्लबका दुई टोली तेस्रो भएका छन्।
शारदा ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगितामा जिल्लाभरका २७ टोलीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा नेपाल प्रहरीका नरेन्द्र दंगोरिया र विशाल डाँगीको जोडी प्रथम तथा कृष्णबहादुर सुनार र पूर्णमान रामजालीको जोडी द्वितीय भएका हुन्।
त्यस्तै आयोजक टोलीका विश्वास बुढाथोकी–प्रदीप चन्द तथा विजन वली–योगेन्द्र शाहको जोडीले तृतीय स्थान हासिल गरे।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।
विभिन्न सहयोगी तथा दातासँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट ब्याडमिन्टन खेलाडीहरूको सहभागिता रहेको थियो।
प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल ब्याडमिन्टन संघका केन्द्रीय उपाध्यक्ष मानबहादुर मल्लले राज्यले खेलकुद क्षेत्रलाई पर्याप्त प्राथमिकता दिन नसकेको बताएका छन्।
ठूला शक्तिराष्ट्रहरूसँग अरू विषयमा प्रतिस्पर्धा गर्न अाँट नगर्ने हामी खेलमा प्रतिस्पर्धा गर्ने र देशको नाम पनि चिनिने भन्दै उनले खेलकुदको विकासका लागि राज्यका हरेक क्षेत्रबाट लगानी आवश्यक रहेको बताए।
मल्लले सल्यानमा ब्याडमिन्टन खेलको सुरुवाती अवस्थादेखि हालसम्म उल्लेख्य परिवर्तन आएको उल्लेख गर्दै पछिल्लो समय निजी क्षेत्रको समेत लगानी र आकर्षण बढ्दै गएको बताए।
समापन कार्यक्रममा आयोजक शारदा ब्याडमिन्टन क्लबका तर्फबाट बरुण शाह र कार्यक्रमका सभाध्यक्ष विश्वास बुढाथोकीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन प्रदीप चन्दले गरेका थिए।
सल्यानमा खुल्ला पालिकास्तरीय भलिबल प्रतियोगिता हुँदै
अनलाइन तहल्का असोज ०५,सल्यान । सल्यानको शारदा नगरपालिका-६ खत्रीपोखरीमा खुल्ला देशव्यापी पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको
तेस्रो शारदा मेयर कप टी–२० को उपाधि शारदा नगरपालिकालाई
अनलाइन तहल्का जेठ १०,सल्यान । सल्यानको खलंगा लुहापिङ खेलमैदानमा सम्पन्न तेस्रो शारदा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शारदा
तेस्रो शारदा मेयरकप टी–२० क्रिकेट प्रतियोगिता सुरु
अनलाइन तहल्का जेठ ०४,सल्यान । शारदा नगरपालिकाको आयोजना तथा क्रिकेट संघ सल्यानको समन्वयमा तेस्रो शारदा मेयरकप टी–२० क्रिकेट प्रतियोगिता

प्रतिकृया दिनुहोस