Close This
Close This

तेस्रो शारदा मेयरकप टी–२० क्रिकेट प्रतियोगिता सुरु

अनलाइन तहल्का 
जेठ ०४,सल्यान ।

 

 शारदा नगरपालिकाको आयोजना तथा क्रिकेट संघ सल्यानको समन्वयमा तेस्रो शारदा मेयरकप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक गिरी ले गरेका हुन्। कार्यक्रममा शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले खेल र राजनीतिमा अनुशासन तथा इमान्दारीताको विशेष महत्व हुने उल्लेख गर्दै खेलाडीहरूलाई अनुशासित र इमान्दार भएर खेल प्रदर्शन गर्न आग्रह गरे। उनले शारदा नगरपालिकाले खेलकुदसँगै विभिन्न जनमुखी क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे।

 

त्यस्तै, नगर प्रमुख प्रकाश भण्डारीले प्रतियोगितालाई अनुशासित र मर्यादित ढंगले सम्पन्न गर्न खेल प्रशिक्षक तथा खेलाडीहरूलाई निर्देशन दिँदै खेलाडीहरूको मनोबल उच्च राख्न आग्रह गरे।

 

उद्घाटन कार्यक्रममा सिद्धकुमाख गाउँपालिकाका उपाध्यक्ष रामबहादुर बस्नेत, शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिचन्द्र बुढा, सिद्धीबक्स गण सिमखर्कका प्रमुख सेनानी महेश अधिकारी, सशस्त्र प्रहरी बल सल्यानका प्रहरी निरीक्षक पुरणप्रसाद जैशी, सामाजिक विकास कार्यालय सल्यानका प्रमुख कृष्णप्रसाद अधिकारी लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, खेलकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख सुस्मिता सापकोटाले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले गरेका थिए।

 

आयोजकका अनुसार सात पालिकाको सहभागिता रहेको उक्त प्रतियोगिता जेठ १० गतेसम्म सञ्चालन हुनेछ।

प्रतिकृया दिनुहोस

तेस्रो शारदा मेयर कप टी–२० को उपाधि शारदा नगरपालिकालाई

अनलाइन तहल्का  जेठ १०,सल्यान ।   सल्यानको खलंगा लुहापिङ खेलमैदानमा सम्पन्न तेस्रो शारदा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शारदा

कुमाख गाउँपालिकाको अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न, वडा नं. २ प्रथम

अनलाइन तहल्का  जेठ ०३,सल्यान ।   सल्यानको कुमाख गाउँपालिका द्वारा आयोजित अध्यक्ष कप खेलकुद प्रतियोगिता आज आइतबार सम्पन्न भएको छ। गाउँपालिकाको

शारदा मेयर टी–२० कप क्रिकेटको तेस्रो संस्करण जेठ ४ देखि सुरु

अनलाइन तहल्का  जेठ ०२,सल्यान ।   शारदा नगरपालिका को आयोजनामा विगत तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको ‘शारदा मेयर टी–२० कप क्रिकेट