Close This
Close This

शारदा मेयर टी–२० कप क्रिकेटको तेस्रो संस्करण जेठ ४ देखि सुरु

अनलाइन तहल्का 
जेठ ०२,सल्यान ।

 

शारदा नगरपालिका को आयोजनामा विगत तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको ‘शारदा मेयर टी–२० कप क्रिकेट प्रतियोगिता’ को तेस्रो संस्करण यही जेठ ४ गतेदेखि सुरु हुने भएको छ।

 

नगरपालिकाका अनुसार अन्तरपालिका स्तरको उक्त प्रतियोगिता जेठ १० गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन जेठ ४ गते बिहान ११ बजे खलंगा स्थित लुहापिङ खेलमैदान मा गरिने जनाइएको छ।

 

प्रतियोगितामा जिल्लाका विभिन्न पालिकाबाट खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताका विजेताले नगद १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

 

क्रिकेट एसोसिएसन अफ सल्यान को सहकार्यमा आयोजना हुन लागेको प्रतियोगिताले जिल्लामा क्रिकेट खेलको विकास, नयाँ खेलाडी उत्पादन तथा युवाहरूमा खेलप्रति आकर्षण बढाउने विश्वास गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा खेल संस्कृतिको विस्तारसँगै प्रतिभाशाली खेलाडी उत्पादनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस

तेस्रो शारदा मेयर कप टी–२० को उपाधि शारदा नगरपालिकालाई

अनलाइन तहल्का  जेठ १०,सल्यान ।   सल्यानको खलंगा लुहापिङ खेलमैदानमा सम्पन्न तेस्रो शारदा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शारदा

तेस्रो शारदा मेयरकप टी–२० क्रिकेट प्रतियोगिता सुरु

अनलाइन तहल्का  जेठ ०४,सल्यान ।    शारदा नगरपालिकाको आयोजना तथा क्रिकेट संघ सल्यानको समन्वयमा तेस्रो शारदा मेयरकप टी–२० क्रिकेट प्रतियोगिता

कुमाख गाउँपालिकाको अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न, वडा नं. २ प्रथम

अनलाइन तहल्का  जेठ ०३,सल्यान ।   सल्यानको कुमाख गाउँपालिका द्वारा आयोजित अध्यक्ष कप खेलकुद प्रतियोगिता आज आइतबार सम्पन्न भएको छ। गाउँपालिकाको