कुमाखमा विद्यार्थी लक्षित मनोपरामर्श कार्यक्रम प्रभावकारी, करिब १५ सय विद्यार्थी लाभान्वित हुने
अनलाइन तहल्का
असार ०६,सल्यान ।
सल्यानको कुमाख गाउँपालिका मा सञ्चालन भइरहेको विद्यार्थी लक्षित मनोपरामर्श कार्यक्रम प्रभावकारी बन्दै गएको छ। गत असार ४ गतेदेखि सुरु भएको कार्यक्रम आगामी असार १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
कुमाख गाउँपालिकाको आर्थिक सहयोग तथा कुमाख युवा क्लबको आयोजनामा सञ्चालित उक्त कार्यक्रम गाउँपालिका भित्र रहेका १० वटा माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको छ। अभियानको सुरुवात जनता माध्यमिक विद्यालय रागेचौरबाट गरिएको थियो भने दोस्रो दिन महेन्द्र माध्यमिक विद्यालय जिमालीमा कार्यक्रम सम्पन्न भइसकेको छ। बाँकी आठ विद्यालयमा कार्यक्रम सञ्चालन गर्न बाँकी रहेको जनाइएको छ।
युवा तथा विद्यार्थीहरूमा बढ्दै गएको मानसिक, सामाजिक तथा शैक्षिक समस्यालाई सम्बोधन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रममा कुलत तथा दुर्व्यसनबाट जोगिने उपाय, दुर्व्यसनमा फसिसकेकाहरूलाई त्यसबाट मुक्त हुने उपाय तथा दैनिक जीवनमा आउने तनाव व्यवस्थापनका व्यावहारिक सीपहरूबारे परामर्श प्रदान गरिएको छ। साथै विद्यार्थीहरूलाई अध्ययन गर्ने वैज्ञानिक तथा प्रभावकारी विधिबारे समेत जानकारी दिइएको छ।
कार्यक्रमका क्रममा कतिपय विद्यार्थीहरूले आफ्ना आन्तरिक समस्या, विगतका अनुभव तथा पारिवारिक अवस्थाबारे खुलेर कुरा गरेका थिए। आत्मबोध र भावनात्मक अभिव्यक्तिका क्रममा केही विद्यार्थी कार्यक्रममै भावुक बनेर रोएको आयोजकले जनाएको छ। यसले कार्यक्रमले विद्यार्थीहरूको मनोभावनामा सकारात्मक प्रभाव पारेको देखिएको छ।
सहभागी विद्यालयका शिक्षकहरूले कार्यक्रमलाई समयसान्दर्भिक, आवश्यक तथा प्रभावकारी भएको बताएका छन्। यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई कुलतबाट टाढा राख्न, आत्मविश्वास बढाउन तथा अध्ययनमा केन्द्रित हुन महत्वपूर्ण सहयोग पुग्ने उनीहरूको भनाइ छ।
कुमाख युवा क्लबका अध्यक्ष खिम डि.सी. का अनुसार अभियानबाट गाउँपालिका भित्रका करिब १५ सय विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। युवाको हकहित तथा सामाजिक रूपान्तरणका क्षेत्रमा लामो समयदेखि सक्रिय क्लबले बाँकी विद्यालयहरूमा पनि कार्यक्रमलाई उत्तिकै प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ।
कोटवारा स्वास्थ्य चौकीमा साउन ३१ गते निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर
अनलाइन तहल्का साउन १५,सल्यान । सल्यानको बागचौर नगरपालिका–७ स्थित कोटवारा स्वास्थ्य चौकीमा साउन ३१ गते (आइतबार) निःशुल्क विशेषज्ञ
सल्यानमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन, साउन ५ देखि सम्पूर्ण सेवा सुचारु
अनलाइन तहल्का साउन ०४,सल्यान। स्वास्थ्य सेवा कार्यालय, सल्यानले केही समयदेखि अवरुद्ध रहेको स्वास्थ्य बिमा अन्तर्गतका सम्पूर्ण सेवा पुनः
हिमालयन बैंकद्वारा कुमाखको शहीद स्मृति अस्पताललाई पानी शुद्धिकरण मेसिन हस्तान्तरण
सल्यान, साउन १। हिमालयन बैंक लिमिटेड, कुमाख शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत कुमाख गाउँपालिकामा रहेको शहीद

प्रतिकृया दिनुहोस